News Portal

  • प्रेस सेन्टर भक्तपुरको साधारण सभा सम्पन्न

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ बैशाख २०८०
    ४७३ पटक
    भक्तपुर, ८ बैशाख २०८०

    प्रेस सेन्टर नेपाल भक्तपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार थिमीस्थित शंखधर पार्टी प्यालेसमा बिकास, सुशासन र परिवर्तनको पक्षमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया सहित सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    सभालाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र परिवर्तनलाई सस्थागत गर्न प्रेस सेन्टरले थप योगदान गर्नुपर्ने आवस्यकता औंल्याए । वर्तमान सरकार प्रमुख प्रचण्ड र नेकपा माओवादी केन्द्र बाहेक अरुसंग देश विकास र समृद्धिको स्पष्ट भिजन नभएको भन्दै उनले प्रचण्ड सरकारलाई जनतासंग जोड्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्ने निर्देशन समेत दिए ।

    परिवर्तनको बिरासत बोकेको प्रेस सेन्टरसंग अरु पत्रकार संगठनको तुलना हुन नसक्ने भन्दै उनले प्रेस सेन्टर नै पत्रकारहरुको अगुवा संगठन भएको बताए । पत्रकारका लागि न्यूनत्तम पारिश्रमिक निर्धारण समिति बनाउने कार्य र त्यसले निर्धारण गरेको पारिश्रमिक लागू गर्ने कार्यमा सेन्टरले गरेको योगदान स्मरण गर्दै उनले श्रमजीवी पत्रकारका सहारा प्रेस सेन्टर बाहेक अरु हुन नसक्ने जिकिर गरेका थिए ।

    त्यसैगरी विशेष अतिथि एवं बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले सेन्टरमा आवद्ध पत्रकारका कलम तिखा र जनपक्षीय हुनुपर्ने बताए । क्रान्तिकारी धारलाई बचाइराख्न आफ़्नैहरु बिरुद्ध निर्मम प्रस्तुत हुन प्रोत्साहन गर्नुका साथै उनले प्रतिक्रान्तिका पिछलग्गु हुन बाट भने जोगिनुपर्नेमा जोड दिए ।

    नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले प्रतिक्रान्तिले टाउको उठाउन खोजेको खुलासा गर्दै पार्टी अध्यक्ष प्रचण्डको प्रतिरक्षामा पार्टी पंती उभिन नसकेको निष्कर्ष निकाले । उनले जनयुद्धमा बन्दुक र कलमको फ्युजनले क्रान्ति सफल भएको स्मरण गर्दै अहिले पत्रकारले मात्र लडाइको मोर्चा सम्हाल्न नसकेको बताए ।  प्रेस सेन्टरले ससक्त ढंगबाट  बिचार र नेतृत्वका साथै परिवर्तनको रक्षा गर्नुपर्नेमा श्रेष्ठले जोड दिए । पार्टीले प्रेस सेन्टरलाई सहि ढङ्गले परिचालन गर्न नसक्दा प्रचारको मोर्चा कमजोर बनेको उनको भनाइ थियो ।


    अर्का विशेष अतिथि एवं बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले सेन्टरमा आवद्ध पत्रकारहरु आवाजविहीनहरुको आवाज बन्नुपर्ने बताए । अब पत्रकारको भूमिका बदलिनुपर्नेमा जोड दिँदै उनले सूचना, समाचार र विचार हतियार भन्दा शक्तिशाली हुने बताए ।

    नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्य समेत रहेका ढकालले जनयुद्धलाई हत्या हिंसा भन्ने राजाबादीहरुले राजतन्त्रले एकीकरणका नाममा गरेको नर संहारको भारी बोक्नुपर्ने बताए । त्यसैगरी, राजतन्त्रमा देशमा अनेक हत्याकाण्ड मच्चाइएका र नेपालीलाई बिनाहकमा विश्वयुद्धमा होमेर व्यहोर्नुपरेको जनधनको क्षती पनि राजतन्त्रबादीले पूर्ती गर्नुपर्नेमा उनले जोड दिए ।

    उक्त अवसरमा नेकपा माओवादी केन्द्र भक्तपुरका संयोजक सुनिल गोथे वासुले भक्तपुरमा जनपक्षीय पत्रकारिता कम्जोर बन्दा जनता गुमराहमा परिरहेका प्रष्ट पारे ।

    प्रेस सेन्टर नेपालका उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवालीले उपत्यकामा नयाँ धारबाट सेन्टर लाई सुद्रिढिकरण गर्ने योजना सुनाए । उपाध्यक्ष गंगा बरालले महिला पत्रकारहरुलाई सेन्टरले प्राथमिकता दिएकाले संगठित गर्दै जानुपर्नेमा जोड दिइन । प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेलले हिजो आस्थाका आधारमा संगठनका पत्रकारले ज्यान गुमाउनुपरेको स्मरण गर्दै शहिदले देखाएको पत्रकारिताको बाटो पक्रदै प्रेस सेन्टरमा आवद्ध पत्रकार अघि बढ्नुपर्ने बताए । प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार भवानी बरालले विश्व प्रविधिको घेराबन्दी पर्दा सूचना सिमित व्यापारीको मुट्ठीमा पुगेको विश्लेष्ण गरे भने उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहालले प्रेस सेन्टर प्रदेशको कार्यभार र कार्यदिशा बारे प्रष्ट पारेका थिए ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सुर्य सुवेदीले पत्रकारका कदम र कलम सदैव जनपक्षीय पत्रकारिताको पक्षमा अगाडि बढ्नुपर्ने बताए । उक्त अवसरमा प्रेस सेन्टर उपत्यका प्रदेशका बरिष्ठ उपाध्यक्ष सागर पन्त, सचिव भिमराज खड्का र प्रेस सेन्टर रासस प्रतिष्ठान शाखाका अध्यक्ष रत्न कृष्ण श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

    अध्यक्ष संजीप घिमिरे शुभचिन्तकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव प्रदिप श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष बाबुकाजी साछें श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । साधारण सभाले सचिव मदन ढुंगाना र कोषाध्यक्ष निराजन सिलवालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको  सेन्टरका भक्तपुर उपाध्यक्ष रोशन गाउँलेले जानकारी गराए ।

    उक्त अवसरमा जिल्लाबाट बिशिष्ठ क्षेत्रमा पुगेका प्रदेश सभा सदस्यद्वय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ त्यसैगरी बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाललाई सम्मान गर्दै जनताको अपेक्षा अनुसार कार्य सफलताको कामना सहित शुभकामना पत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...