News Portal

  • सशस्त्रको लेखा अधिकृतलाई ‘सुनको रास’ सिपाहीलाई ‘नुन’ को आस

    भक्तपुर, १० वैशाख २०८०
    २७५ पटक
    भक्तपुर, १० वैशाख २०८०

    सशस्त्र प्रहरी बलको लेखा विभागमा चरम वेथिति मौलाउँदै गएको गुनासो बढेको छ । तल्लो तहका सिपाही, हवल्दारहरु त्रिपालमुनि बसेर डिउटी गरिरहेका बेला उनीहरुले नै लेखा विभाग अन्र्तगत कार्यरत रहेका केही अधिकृतहरुको जीवन पद्धतिलाई लिएर प्रश्न गरेका छन् ।

    उनीहरु फाइभस्टार बराबरको सुविधा लिएर सशस्त्र प्रहरी संगठनका उच्च अधिकृतहरुलाई आफ्नो वशमा राख्न सफल भएको र तल्लो तहका सिपाहीले भने बेलैमा नुन पाउन पनि उनीहरुको चाकडी गर्नु परेको गुनासो बढेको हो । लेखा अधिकृतहरुको बेथितिको बारेमा गृहमन्त्रालयमा समेत छलफल सुरु भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । सशस्त्र प्रहरीका आइजीपीले त्यसलाई रोक्न हर प्रयास गरेपछि उनलाई समेत अटेर गरेर संगठनलाई आफ्नो ‘मौजा’ ठानिरहेको र आफ्नो तजवीजिमा मनमौजी खर्च गरिरहेको स्रोतको दावी छ ।

    सीमा क्षेत्रमा कार्यरत प्रहरी अधिकृतहरुले तल्लो तहका कर्मचारीलाई खटाउन निकै कठिनाई भएको भन्दै केन्द्रमा बजेट माग गर्दा उनीहरुले आलटाल गर्ने, बजेट छैन भन्ने गरेका छन् । तर उनीहरुका लागि भने कुनै पनि कुराको कमि नभइकन बसेको स्रोतले जनाएको छ । निर्दैशनालय, कार्यालय, विभाग, विओपी जस्ता स्थानमा अत्यावश्यक सामानका लागि बजेट माग्दा समेत नदिने , दैनिक उपभोग्य सामान पनि कृत्रिम अभाव खडा गरिदिने गरेका छन् ।

    यस्तो कामले संगठन प्रमुख आइजीपी राजु अर्यालले समेत असहयोग भएको महशुस गरेका छन् । उनी लेखा विभागलाई खारेजीको प्रक्रियामा लैजान र त्यसका लागि गृहमन्त्रीसँग छलफल गर्ने मुडमा रहेको स्रोतको दावी छ । गृहमन्त्रालयले केही दिन अघि आयोजना गरेको एक कार्यक्रममा सशस्त्रको लेखा अधिकृतहरुको विषयमा प्रश्न उठेको थियो । त्यसबाट आइजीपी अर्यालले लेखा प्रमुखहरु आफ्नो कमाण्डमा नरहेको महशुस समेत गरेका छन् ।

    यसरी आइजीपलाई नै असफल बनाउन केन्द्रीय लेखाका डिएसपी डोलराज अर्याल, सुरेश खतिवडा, राजेन्द्र श्रेष्ठ, होम ज्ञावाली, दयाराम शर्मा, गणेश मल्ल र महेन्द्र हमालको मिलेमतो रहेको छ । ‘देशभरी नै उनीहरुको सिण्डीकेट चलेको छ, विओपीमा खटिनेहरु त्रिपालमा बसेका छन् । गर्मीमा मच्छडसँग पौठेजोरी खेलेर डिउटी गरेका छन् तर आइजीपी राजु अर्यालले दिएको निर्देशनलाई समेत उल्लंघन गरेर उनीहरु सिण्डीकेट चलाउने गरेका छन्’, सशस्त्र प्रहरीका एक जुनियर अधिकृतले भने ।

    उनका अनुसार बजेटको माग लिएर जाँदा उनीहरुको भवनमा छिर्न नपाउने गरी बसेको पनि ती जुनियर अधिकृतको गुनासो थियो । ‘मूख्यालयमा पुरानो भवनसँग नयाँ भवन त्यो भवन कब्जा गरेर बसेका छन् उनीहरुको भवनभित्र छिर्न थम चेक लगाएर छिर्नुपर्छ आइजीपीलाई भेट्न जाँदा पनि त्यसो गर्नु पर्दैन आइजीपीले समय भएको बेला सहजै भेट दिदा उनीहरुले भने समय अभाव देखाउछन्’, उनको गुनासो थियो ।

    ती अधिकृतका अनुसार केन्द्रीय लेखा शाखा रहेका सबैको हातमा आइफोन १४ त्यो पनि प्रोम्याक्स बोकेका हुन्छन् । ‘त्यहाँ बस्ने सिपाहीको हातमा पनि त्यही छ’, उनले भने ’१४ वर्षदेखि एकै ठाउँ बस्दै आएका छन् सरुवा हुँदैनन उनीहरुकै सेटिङमा विभिन्न समाग्रीहरु खरिद हुने गरेको छ ।’

    अहिले त्यहाँ बर्षोदेखि वरिष्ठ हल्दारहरु हरिचन्द्र थारु, पुस्टराज कर्मचार्य , शेर ब कठायत , दिपेन्द्र बुढा , प्रेम थापा , सहायक हल्दार रामबिर कार्की , केशब खड्का , वसन्त बिस्ट , मन ब खड्का आदि सरुवा नभई बस्ने गरेका छन् । गणेश मल्ल लगायतका लेखामा काम गर्नेहरु त झन आइजीपी फेरिदा पनि उनीहरु नै प्रिय भएर बस्ने गरेका छन् ।(मेरोन्यूजबाट)

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...