News Portal

  • औलोको जोखिममा नेपालका ६५ जिल्ला, भक्तपुरमा संक्रमितको संख्या शुन्य

    निशा कुस्मा भक्तपुर, १३ बैशाख २०८०
    ५१६ पटक
     भक्तपुर, १३ बैशाख २०८०

    नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो ।

    स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार औलोको जोखिममा परेका ६५ मध्ये पनि इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर गरी १३ जिल्ला भने उच्च जोखिम रहेका जिल्ला हुन् ।

    नेपालमा आर्थिक वर्ष २०७८÷७९ मा ३८ जनामा औलो संक्रमण देखिएको थियो भने ४५३ जना विदेशबाट आएका व्यक्तिमा औलो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका दिपक अछामीले बताए । उनका अनुसार प्रस्तुत गरिएको तथ्यांक अनुसार मुलुकको ६५ जिल्ला औलो रोगको जोखिममा रहेका छन् ।

    भक्तपुरमा औलोको बिरामी शुन्य
    भक्तपुरमा औलोको बिरामीको संख्या शुन्य रहेको जानकारी स्वास्थ्य कार्यालयका दिपक अछामीले दिएका छन् । अछामिका अनुसार गत वर्ष एक जनामा औलो संक्रमण देखिएको अभिलेख भएपनि माइक्रोस्पोप परीक्षणले औलो पुष्टि हुन नसकेकाले भक्तपुरमा औलो संक्रमण शुन्य नै रहेको बताएका हुन् । उनले सो अभिलेख हटाउने प्रक्रियामा रहेको जानकारी दिए ।


    उनले भक्तपुरसहित सोलुखुम्बु, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालीकोट, मुगु र सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलोमुक्त जिल्लामा परेको तथ्यांक प्रस्तुत गरे । भक्तपुरमा औलोको संक्रमण शुन्य भएपनि जोखिम भने यथावत रहेको दावी उनले गरेका छन् ।

    नेपालमा देखिएका औलो संक्रमणमा स्थानीय संक्रमित भन्दा आयातित संक्रमित बढी फेला पर्ने गरेको छ । आछमिले दिएको जानकरी आनुसार विभिन्न स्थानबाट बसाईं सरेर आउने, रोजगारीको सिलसिलामा आवतजावत गरिरहने मानिसबाट औलो संक्रमण हुन सक्ने जोखिम रहेको छ ।

    संसारमा ४ सय जातका एनोफिलीज जातका लामखुट्टे भएपनि ६० जातमा मात्र औलोको परजीवि बाहक प्रमाणित भएका छन । नेपालमा हालसम्म ४३ जातका एनोफिलीज लामखुट्टे पाईएपनि एनोफिलीज मिनियम, एनोफिलीज फ्लुभियाटिसीयु, एनोफिलीज मायकुलाटस र एनोफिलीज एनुलारीज गरी ४ जातले मात्र औलो सार्ने गरेको छ ।

    कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारले भक्तपुरमा औलोका बिरामी नदेखिए पनि सवाधानीका उपायहरु अपनाईरहेको जानकारी दिएका छन् । यसका लागि समय समयमा झुल वितरण, सचेतनामूलक कार्यक्रमलगायतका कार्यक्रमहरु चलिरहेको बताए ।

    भक्तपुर नगरपालिकाको स्वास्थ्य प्रमुख डा. रत्नसुन्दर लासिवाले औलो मुक्त जिल्ला भए पनि सतकर्ता अपनाउन भने छाड्न नहुनेमा जोड दिएक्जा छन् । उनले भने, “रोग कुन बेला कुन खतरनाक भएर आउँंछ भन्नै सकिँदैन । त्यसैले सधै सर्तकता अपनाउनु पर्छ ।”

    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले आम नागरिकलाई औलोको बारेमा सचेतना फैलाउन र औलोको अवस्थाका बारेमा पुर्नताजगी गराउन समय समयमा छलफल, अन्तरक्रिया कार्यक्रम समूदायस्तरमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...