News Portal

  • शिक्षा सेवामा बढुवा भएकालाई बधाई एवं सेवा निवृत्तलाई बिदाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०८०
    ८४८ पटक
    भक्तपुर, १६ बैशाख २०८०

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमितिले शिक्षा सेवामा बढुवा भएका २ सहसचिव र ३ उपसचिवलाई बधाई एवं सेवा निवृत्त भएका ६ उपसचिवलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकाश केन्द्रको सभाहलमा बधाई एवं बिदाई कार्यक्रम सम्पन्न भएको हो ।

    सहसचिवमा बढुवा भएका चन्द्रकान्त भुसाल र बसन्त कोइराला त्यसैगरी उपसचिवमा बढुवा भएका निमप्रकाश सिंह राठौर, अरुण राई र परशुराम तिवारी सम्मानित भएका छन् । त्यसैगरी बिदाई हुनेहरुमा सेवा निवृत्त भएका उपसचिवहरू अर्जुन बहादुर रायमाझी, प्रकाश महर्जन, डम्बरध्वज आङ्देम्बे, ज्ञानेन्द्र बन,डा कुलप्रसाद खनाल र विष्णुप्रसाद मिश्र रहेका छन् । उनीहरु सबै अधिकृत स्तरमा रहँदा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमितिमा आवद्ध रहेका थिए ।

    उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि रहेकी पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र) की केन्द्रीय उपाध्यक्ष पम्फा भुसालले सम्मानपत्र सहित बधाई एवं बिदाई गरेकी हुन् । कार्यक्रममा पूर्व शिक्षा मन्त्रीद्वय दिनानाथ शर्मा र देवेन्द्र पौडेल त्यसैगरी संघीय सांसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का शिक्षा बिभाग इन्चार्ज मायाप्रसाद शर्मा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदी, शिक्षा तथा मानव श्रोत विकाश केन्द्रका महानिर्देशक चुडामणी पौडेल, पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल, नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय अध्यक्ष हरि रावल लगायतले पुष्प गुच्छा प्रदान गरी शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेकी पूर्व मन्त्री एवं नेकपा(माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले देशको शिक्षा नीति ठिक नहुँदा पछिल्लो पुस्तामा राष्ट्रप्रेम नदेखिएको दावी गरिन । शिक्षाले विद्यार्थीमा राजनीतिक चेत दिन नसक्दा विदेश जाने र नागरिकता त्यागेर राजनीतिक नेतृत्वलाई गाली गरेर बस्ने युवा जमात जन्मिएको उनले जिकिर गरिन ।

    शिक्षा सचिव रामकृष्ण सुबेदी, शिक्षा तथा मानव श्रोत विकाश केन्द्रका महानिर्देशक चुडामणी पौडेल र पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललाई इंकित गर्दै उनले विद्यार्थीलाई समाज बुझाउन एवं राजनीतिक दलहरुले देश र जनताको पक्षमा गरेका कामबारे अवगत गराउन भुसालले आग्रह गरिन ।

    शिक्षामा निजीकरणले देशको लागि उपयोग हुने जनशक्ति भन्दा विदेश पलायन हुने युवाहरु उत्पादन भएका भन्दै उनले विद्यालय र विश्वविद्यालय शिक्षामा निजीलाई प्रोत्साहन गर्न नहुने प्रष्ट पारिन । एनजिओ र आइएनजिओको प्रभावबाट देशको शिक्षा नीति र योजना तथा कार्यक्रमलाई बचाउदै माटो लाई माया गर्ने देशभक्त जनशक्ति उत्पादनतर्फ उनले जोड दिएकी छन् । उनले सामुदायिक विद्यालय र सरकारी कलेजहरुलाई प्रतिष्पर्धी र अब्बल बनाएर मात्र देशभक्त जनशक्ति उत्पादन गर्नसकिने तर्क गरिन ।

    कार्यक्रममा पूर्व शिक्षा मन्त्री दिनानाथ शर्माले शिक्षामा पोलिसी सिफ्ट नगरी परिवर्तन सम्भव नभएको निष्कर्ष सुनाए । पंचायतकालीन ऐन बोकेर संघीय लोकतान्त्रिक गणतन्त्रको शिक्षा चल्ने नसक्ने उनको निष्कर्ष छ । आफूले सामुदायिक विद्यालयमा प्राविधिक धार शुरु गरेको लगायत सुधारका फ़ेयरिस्त प्रस्तुत गर्दै उनले पार्टीको नेतृत्व रहँदा शिक्षा बिगार्ने काम नभएको दावी गरे ।

    उक्त अवसरमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफूले छोटो समय नेतृत्व गर्दा जनक शिक्षामा नयाँ मेसिन ल्याएको र कागज खरिद प्रक्रियालाई व्यवस्थित बनाएको बनाउदै त्यसकै कारण यस पटक समयमै पाठ्यपुस्तक पुग्दा प्रचण्ड सरकारले प्रशंसा पाएको उल्लेख गरे । प्राविधिक र चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन तथा विश्वविद्यालयलाई चलायमान बनाउन आफूले सक्दो प्रयास गरेको उनको भनाइ छ ।

    त्यसैगरी शिक्षाका फ्राक्सन इन्चार्ज मायाप्रसाद शर्माले क्षमता र दक्षता भएका कर्मचारीको सुझाव दिन कन्जुस्याई गर्न नहुनेमा जोड दिदैं त्यसले पार्टी विशेषलाई मात्र नभई समग्र शिक्षा प्रणाली र देशलाई नै फाइदा पुग्ने बिचार व्यक्त गरे । आफ्नो पार्टी परिवर्तनको नेतृत्व गरेर आएकोले संघीयतालाई व्यवस्थित बनाउन कर्मचारीहरुको रचनात्मक सुझाव र सहयोग रहने उनले विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले शिक्षा सेवाका कर्मचारीले आफ्नो क्षमता प्रदर्शन गर्न सके सरकारले यो सेवालाई थप जिम्मेवारी र अवसर सिर्जना गर्नसक्ने संकेत गरेका थिए ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमितिको अध्यक्ष गोपाल नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष हरि रावल, महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, पूर्व केन्द्रीय सचिव श्रीहरि श्रेष्ठ, केन्द्रीय सदस्य खिलाप्रसाद धमला लगायतको उपस्थितिं रहेको थियो ।

    उक्त अवसरमा सहसचिव बैकुण्ठ अर्यालले प्रस्तुत गरेको शिक्षाको विकास सम्बन्धी कार्यपत्रमाथि बिभिन्न बक्ताले टिप्पणी समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...