News Portal

  • यौनजन्य हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २४ वैशाख २०८०
    ३४७ पटक
    काठमाडौं, २४ वैशाख २०८०

    गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । आइतबार राजधानीमा कार्याशाला सम्पन्न भएको हो ।

    कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले द्वन्द्वको क्रममा महिला तथा बालबालिकामाथि भएको यौनजन्य हिंसाको अन्त्य, पीडितलाई न्याय दिन पीडकलाई हदैसम्मको सजाय गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनले द्वन्द्वको समयमा हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै कार्ययोजनाबारे संघ, प्रदेश, जिल्ला र स्थानीय तहबीच कार्यनीति बनाई कार्यान्वयन पक्षलाई बलियो बनाउने बताए ।

    राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी अधिकारीले महिला हक अधिकारको लागि आयोगले सँधै अग्रपंक्तिमा रही काम गर्दै आएको बताउँदै हिंसाबाट पीडितहरूलाई भावनात्मक सहयोग महत्वपूर्ण हुने बताइन ।

    कार्यक्रमका विशिष्ट अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले द्वन्द्व पीडित महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोगभन्दा सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनुपर्नेतर्फ जोड दिए ।

    सशस्त्र द्वन्द्व र शान्तिपूर्ण आन्दोलनबाट देशमा गणतन्त्रको स्थापना भएको बताउँदै उनले दोस्रो राष्ट्रिय कार्ययोजना निर्माण गर्दा देशको आर्थिक अवस्थालाई पनि ध्यान दिनुपर्ने प्रष्ट पारे ।

    सरकारले योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था गर्नु आवश्यक भएको बताउँदै द्वन्द्व पीडितलाई मात्र नभई सबै समुदायलाई योग्य बनाउनेतर्फ ध्यान दिनु आवश्यक भएको उनको भनाइ छ ।

    जनतालाई केन्द्रमा राखेर काम गर्न सके देशमा गरिबी निवारण सम्भव भएको कुरा छिमेकी देश चीनबाट सिक्न सकिने बताउँदै उनले गैरसरकारी तथा सरकारी संघसंस्थाले निर्देश गरेबमोजिम काम गर्न थाले सरकार बुँख्याचाको रुपमा परिणत हुने खतरा तर्फ सचेत गराएका थिए ।

    कार्यक्रममा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालका संयोजक देवी खड्काले द्वन्द्व पीडित महिला तथा बालबालिकाहरूको समस्या समाधानको लागि विशेष संयन्त्रको व्यवस्था गरिनु आवश्यक भएको बताउँदै सरकारले सम्भावित द्वन्द्वको अन्त्य कसरी गर्ने भन्ने विषयमा पनि छलफल गरिनु आवश्यक भएको बताइन ।

    गृहसचिव विनोदप्रकाश सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य मा. मैना कार्की, महिला तथा सामाजिक सञ्चालका अध्यक्ष मा. रोशनी कार्की, काभ्रे जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, संयुक्त राष्ट्र संघका प्रतिनिधि, विपद् तथा द्वन्द्व महाशाखाका प्रदीपकुमार निरौला, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालका महासचिव सुशिला चौधरी र गृह मन्त्रालय शान्ति प्रवद्र्धन शाखाका फणिन्द्र दाहालले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रष्ट पार्दै आ–आफ्नो धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...