News Portal

  • भक्तपुर नगरभित्रका प्रधानाध्यापकहरुको भेला सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ बैशाख २०८०
    ८२१ पटक
    भक्तपुर, २५ बैशाख २०८०

    भक्तपुर नगरपालिकाले आफ्नो नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र सार्वजनिक गुठी अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न गरेको छ । सोमबार सो भेला सम्पन्न भएको हो ।

    प्रधानाध्यापकहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नगरको शैक्षिक गुणस्तर वृद्धि गर्न निर्देशन दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई विद्यालय व्यवस्थापनको जिम्मेवारी दिएपछि भक्तपुर नगरपालिकाले विद्यालयहरुको नियमन, व्यवस्थापन र अनुगमन कार्यलाई प्रभावकारी बनाउन खोजिरहेको प्रष्ट पार्दै प्रमुख प्रजापतिले यस शैक्षिक सत्रबाट प्रविधिको प्रयोग गरी प्रभावकारी अनुगमन गरिने जानकारी जानकारी गराए । विद्यालय अनुगमन प्राविधिक समिति गठन गरिएको र यस समितिले विद्यालयको प्रभावाकरी अनुगमन गरी सुधार तर्फ लैजाने उनले बिश्वास व्यक्त गरे । विद्यालयलाई राम्रो बनाउन शिक्षकहरु समय सापेक्ष प्रविधिमैत्री हुनुपर्नेमा जोड दिदै उनले विद्यार्थीमैत्री बन्न सुझाव समेत दिएका थिए ।

    उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीहरु विदेशिने क्रम बढ्दै जानु अहिलेको जटिल समस्या भएको बताउदै प्रमुख प्रजापतिले विद्यालय उच्च शिक्षाको जग भएको हुदा सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्वदेशमै पढ्न र काम गर्न प्रेरित गर्नसक्नुपर्नेमा जोड दिए ।
    “भक्तपुरलाई शैक्षिक गन्तव्य र देशकै शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा कार्य गर्ने उदाहरणीय स्थानीय तह बनाउने लक्ष्यका साथ काम गरौँ ।” उनले भने ।

    कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले भनपाले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई समान रुपमा अगाडि बढाउने बताउदै संस्थागत विद्यालयले बिचलित नभई नगरपालिका र वडासंग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए ।

    भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रगती सबैले प्रशंसा गरेकोले त्यसलाई कायम राख्ने र थप बिकास गर्ने कार्यभार पूरा गर्न प्रधानाध्यापक र शिक्षकले अझ मिहिनेत गर्नुपर्ने बताए ।

    प्रककार्यक्रममा शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगर शिक्षा शाखाले शैक्षिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमबारे प्रस्तुतीकरण सहित कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...