News Portal

  • नर्स जस्तै बिरामी प्रतिको सेवाभाव सबै कर्मचारीमा आवश्यक : मेसु डा गौतम

    निराजन सिलवाल, भक्तपुरपोस्ट भक्तपुर, २९ बैशाख २०८०
    ४२८ पटक
    भक्तपुर, २९ बैशाख २०८०

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिण्टेण्डेण्ट डा सुमित्रा गौतमले स्वास्थ्य परिचारिका अर्थात नर्स जस्तै बिरामी प्रतिको सेवा भाव अस्पतालका सबै कर्मचारीमा हुनुपर्ने बताएकी छन् । अस्पतालमा नर्सको भूमिका परिवारको आमा जस्तो भएको उल्लेख गर्दै डा गौतमले नर्स बाट सबैले सेवाभाव सिक्नुपर्ने बताएकी हुन् ।

    sumitra gautam bhaktapur hospita

    Sumitra Gautam Bhaktapur Hospital

    महान् फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिन अर्थात अन्तराष्ट्रिय नर्स दिवसको अवसरमा शुक्रवार भक्तपुर अस्पतालंमा आयोजित सभालाई सम्बोधन गर्दै डा गौतमले नर्सहरुले पनि नाइटिङ्गेलको आदर्श पालना गरी पेशालाई थप उचाइमा पुर्याउन योगदान गर्नुपर्ने प्रष्ट पारिन् । आफ्नो व्यक्तिगत अथवा कामको तनाव बिरामीलाई प्रदर्शन गर्नु नहुनेमा जोड दिंदै उनले नर्सको सेवा र मुस्कानले नै आधा रोग सन्चो हुने हुँदा बिरामीलाई आफ्नै घरको सदस्य लाई जस्तै गरी सेवा प्रदान गर्न उनले आग्रह गरिन् ।

    अस्पतालले नर्सलाई सेवा वापत सुविधा दिन कुनै कन्जुस्याई नगर्ने जिकिर गर्दै मेसु डा गौतमले नर्स पेशालाई पहिले सेवा त्यसपछि मात्र जागिरको रुपमा बुझ्नुपर्नेमा जोड दिएकी छन् ।

    उक्त अवसरमा नेपाल नर्सिङ्ग संघका केन्द्रीय सदस्य हरिप्रसाद कोजूले बिरामीको सेवामा तल्लीन नर्सका पिडा सरकारले सुनुवाई गर्न नसकेको दुखेसो पोखे । आधारभूत सेवा सुविधा समेत सबै नर्सले प्राप्त गर्न नसकेको भन्दै उनले मन्त्रीहरुलाई समस्या सुनाउदा सुनाउदै हैरान भएको बताए ।

    वरिष्ठ नर्सिङ्ग अधिकृत सजना साखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोशनी श्रेष्ठले अस्पतालमा नर्सको अवस्था बारे अवगत गराइन । कार्यक्रममा केक काटिएको थियो भने नर्सहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...