News Portal

  • राष्ट्रिय गौरवका आयोजना शिघ्र सम्पन्न गर्न शक्तिले बनाए संयन्त्र

    भक्तपुरपोस्ट संवाददाता
    ४१३ पटक

    काठमाडौं, ३ जेठ । राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको छ । सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न निर्णयहरु गरेको हो ।

    राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसहित मन्त्रालयमा आज बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरुको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरुको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको छ । आयोजनाहरुको अवस्थालाई दैनिक अनुगमन गरी त्यसमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । आयोजनाहरुमा देखिएका स्रोत व्यवस्थापनका समस्याहरुलाई पनि समाधान गर्ने गरी मन्त्रालयले निर्णय गरेको छ ।

    बैठकमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कदम चाल्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएका थिए । राष्ट्रिय गौरवका रुपमा सूचिकृत भएका आयोजनालाई अरु सामान्य आयोजनाका रुपमा लिन नहुने मन्त्री बस्नेतले बताए । यी आयोजनाहरु अब तीब्र गतिमा अगाडि बढ्ने पनि उद्घोष गरे ।

    मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना शिघ्र सम्पन्न गर्न सबै आयोजनाको पब्लिक अडिट गर्ने गरी संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय सरकार त्यसैगरी उपभोक्ता, आयोजना क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरु, निर्माण व्यवसायी, मिडिया, विज्ञहरु र आयोजनाका अधिकारीहरुसहितको सहभागितामा पब्लिक अडिट गर्ने निर्णय भएको मन्त्रीको सचिवालयले जनाएको हो ।                                                                                                         उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सिंचाइका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरु छन् । जसमा महाकाली सिंचाइ आयोजना, रानी जमरा कुलरिया सिंचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, बबई सिंचाई आयोजना, सिक्टा सिचाई आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...