News Portal

  • ९७ अंक सहित भक्तपुर अस्पताल सर्वोत्कृष्ट

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ६ जेठ २०८०
    १९९५ पटक
    dr sumitra gautam bhaktapur hospitalभक्तपुर, ६ जेठ २०८०

    बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ । न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा ९७ अंक प्राप्त गरी भक्तपुर अस्पताल सर्वोत्कृष्ट भएको हो ।

    अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्नेक्रममा आएको एक सरकारी मूल्यांकन टोलीले ३ दिन लगाएर न्युनत्तम सेवा मापदण्ड मूल्यांकनकाे नर्म्स अनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी गराएका हुन् । शनिवार विहान एक समीक्षा कार्यक्रमसहित मूल्यांकन समितिले तयार पारेको नतिजा सार्वजनिक गरिएको हो ।

    अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्ड कार्यान्वन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह,कान्ति बाल अस्पतालकी नर्सिङ्ग प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागकी मिरा निरौला लगायतको मूल्यांकन टोलीले मूल्यांकन गरेको थियो । मूल्यांकनकर्ताहरुले भक्तपुर अस्पतालको अवस्थाबारे सन्तोष व्यक्त गरेका छन् । भक्तपुर अस्पताल भक्तपुरबासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकावासी जनताकै रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताउदै कान्ति बाल अस्पतालकी नर्सिङ्ग प्रमुख रोशनी तुइतुइले यस अस्पताललाई ‘सेकेण्डरी ए’ लेभल पूरा भैसकेकोले त्यो भन्दा माथिल्लो तहमा अस्पताललाई स्तर वृद्धि गर्न सुझाव दिइन् ।

    नतिजाको विषयलाई लिएर अस्पतालकी मेडिकल सुपरिण्टेण्डेण्ट डा सुमित्रा गौतमले सिंगो टिमको सहि मूल्यांकन भएको प्रतिक्रिया दिएकी छन् । अस्पतालको सेवा र विकासको बिषयमा सामूहिक एकता रहेको बताउदै डा गौतमले सबै स्टाफको मिहिनेतले उत्कृष्ट नतिजा प्राप्त भएको र यसलाई अझ बढाउदै जाने बताइन ।

    त्यसैगरी अस्पताल संचालन तथा बिकास समितिका अध्यक्ष रमण कायस्थले मिहिनेती विद्यार्थीलाई परीक्षाफलको कौतुहलता भएजस्तै आफूहरुले पनि अस्पताल बिकासमा धेरै काम गरेकाले मूल्यांकन परिणामको उत्सुकता रहेको खुलासा गर्दै प्राप्त परिणामले काम गर्न अझ प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । उनले अस्पतालको सेवालाई थप जनमुखी र सुविधासम्पन्न बनाउन मूल्यांकनले हौसला प्रदान गरेको बताए ।

    बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यसको सेवाले आफूहरुको शीर समेत उचो बनाएको बताए । त्यसैगरी बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले संघीयता नहुँदा सम्म रिफर सेन्टरका रुपमा बद्नाम भक्तपुर अस्पतालले संघीयतासंगै ठुलो बिकास गरेको बताउदै प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्ने प्रष्ट पारे ।

    विक्रम सम्बत १९६१मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल हो । भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको यो अस्पातल प्रदेश सरकार मातहत आएपछि भने ठुलो फड्को मारेको छ । भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै पछिल्लो समय ठूलो विकाश गरेको छ । मेसु डा सुमित्रा गौतम नेतृत्वमा आएपछि प्रदेश सरकारको सहयोगमा १ सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसीयु सेवा शुरु गर्न सफल भएको देखिन्छ । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको छ भने २ दर्जन बेडसहित अस्पतालले एचडीयु सेवा समेत शुरु गरेको छ । त्यतिमात्र होइन, भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । यो सर्जरी शुरु भएसंगै काठमाडौ गएर सर्जरी गर्नुपर्ने दिनको अन्त्य भएको भन्दै बिरामीहरु खुशी भएका छन् । यस अघि रिफर सेन्टरको रुपमा बदनामी कमाएको अस्पताल अहिले स्थानीय विरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ ।

    भक्तपुर अस्पताल यस अघि डा गौतमकै कार्यकालमा बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल समेत सावित भएको थियाे । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई प्रदेश सरकारले पुरस्कृत समेत गरेको थियो । त्यस अघि कोभिड महामारीमा यस अस्पतालले पुर्याएको सेवावापत मेसु डा गौतमसहितका कर्मचारीलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पदक समेत प्रदान गरेकी थिइन् । यस अस्पतालमा दैनिक ८ सय बढी नयाँ बिरामी उपचारका लागि आउने गर्दछन । यस अस्पतालमा बिर्सने रोग अल्जाइमर्सको नि:शुल्क उपचार हुने गर्दछ । भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा यहाँ नि:शुल्क प्रदान गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...