News Portal

  • भक्तपुरको आरएन खाजाघर र अनुग्रह गेष्ट हाउसका संचालक सहित ९ समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ जेठ २०८०
    १३४५० पटक
    jagati police rangeभक्तपुर, ६ जेठ २०८०

    सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब नजिक काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय पाख्रीनसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । नगद ७७ हजार रूपैयाँ सहित पक्राउ परेका पाख्रीनसमेत ५ जनालाई वृत्तमा राखी अनुसन्धान भैरहेको वृत्त प्रमुख राजकुमार श्रेष्ठले जनाएका छन् ।

    यसैगरी चाँगुनारायण नगरपालिका-६ नगरकोट फेदीस्थित अनुग्रह गेष्ट हाउसमा पनि जुवातास खेलिरहेको अवस्थामा मानिसहरु पक्राउ परेका प्रहरीको भनाइ छ । संचालक २९ वर्षीय बलराम सुवालसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित फेला पारी कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...