News Portal

  • डा कोजूको अध्यक्षतामा भक्तपुर नगरमा एकीकृत समाजवादीको नयाँ नेतृत्व

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ जेठ २०८०
    ११५८ पटक
    भक्तपुर, ६ जेठ २०८०

    नेकपा(एकीकृत समाजवादी) भक्तपुर नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै शनिवार अधिवेशन सम्पन्न भएको हो ।

    बाराहीस्थानमा सम्पन्न अधिवेशनको बन्द सत्रले राजनीति शास्त्रमा विद्यावारिधी गरेका डा राजेन्द्र कोजूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष प्रविन बाटीले बताएका छन् । कार्यसमिति ९ सदस्यीय रहेको र सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको उनको भनाइ रहेको छ ।

    पूर्व केन्द्रीय मन्त्री समेत रहेका पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरले उद्घाटन गरेको अधिवेशनमा उनले समसामयिक राजनीतिको बारेमा प्रशिक्षण दिएका थिए भने जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतले जिल्लामा पार्टीको अवस्था बारे जानकारी गराउदै संगठन निर्माणमा लाग्न निर्देशन दिएका बताइएको छ ।

    उक्त अवसरमा केन्द्रीय नेता एवं भक्तपुर २ बाट निर्वाचित प्रदेश सांसद डा राजेन्द्रमान श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...