News Portal

  • भक्तपुरका जनप्रतिनिधिलाई अध्यक्ष बिजुक्छेंले दिए यस्तो सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ जेठ २०८०
    ६०५ पटक
    narayanman sunil prajapatiभक्तपुर, ६ जेठ २०८०

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले देश र जनताको हितमा जनप्रतिनिधि तथा कर्मचारीहरु चौबिसैं घण्टा सेवाको लागि तम्तयार रहनुपर्नेमा जोड दिएका छन् । एम्बुलेन्स र दमकलजस्तै उनीहरु हरबखत जनसेवाको लागि तयार रहनुपर्नेमा अध्यक्ष बिजुक्छेंले जोड दिएका हुन् ।

    भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको १ वर्ष पुगेको अवसरमा शनिवार आयोजित एक बिशेष कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नगरपालिकाका कर्मचारीहरुले आफ्ना सेवाग्राहीप्रति गरिने भाषा र व्यवहारमा सुधार गर्नुपर्नेतर्फ सचेत गराउदै त्यसको अनुगमन जनप्रतिनिधिले गर्नुपर्ने सुझाव दिए । कार्यालय समयमा व्यक्तिगत कामलाई प्राथमिकता दिन नहुने र कर्मचारीलाई कर्तव्य पालनामा कडाइ गर्नुपर्ने विचार उनले व्यक्त गरेका थिए ।

    नगरपालिकाले नगरका वडा वडाहरुमा रहेको पुस्तकालयहरुको सुधार र विकास गर्दै जान उनले सुझाव दिएका छन् । भक्तपुर विशिष्ट पाहुनाहरुले अवलोकन गर्ने र राजधानी सहर भएको हुँदा यो सहरलाई सँधै सफा र सुग्घर राख्नुपर्ने उनको सुझाव छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताउँदै उनले यो देशद्रोही काम भएको भन्दै यस प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गरी जनतामाझ नंग्यानु पर्ने उनले प्रष्ट पारे ।

    राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने उदाहरण दिँदै अध्यक्ष बिजुक्छेँले विदेश शक्तिसामु झुक्ने शासकहरूको प्रवृत्तिले गर्दा नेपाल साम्राज्यवादीहरुको जालोमा फस्दै गइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

    कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न चुनौतीहरुबीच निर्वाचनमा जनतासमक्ष घोषणापत्रमार्फत गरेका प्रतिबद्धता पूरा गर्न भक्तपुर नगरपालिका दत्तचित्तले लागिरहेको दावी गरे ।

    उनले नगरपालिकाले संघीयताको मर्म र भावनाअनुसार निरन्तर जनताको सेवामा समर्पित हुँदै समाजवादउन्मुख काम गर्दै आएको र त्यसलाई रोलमोडलको रुपमा अरु नगरपालिकाले अनुसरणको प्रयास गरिरहेका जानकारी गराए ।

    कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरका जनताको एकता, सहयोगी भावना र पुनःजागरण नै यहाँको विशेषताको रुपमा अगाडि बढिरहेको बताए ।

    कार्यक्रममा उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल,कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापति,ख्वप ई. कलेज प्राचार्य सुजन माक, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ल, भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष
    रबिन्द्र ज्याख्व लगायतले नगरपालिकाको सुशासन, नविन सोच, दीर्घकालीन योजना र जनमुखी कामको बारेमा चर्चा गरेका थिए ।

    भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेको १ वर्ष पुरा भएको अवसरमा शनिवार बाट भक्तपुर नगरपालिकाले जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी शुभारम्भ गरेको सूचना अधिकारी दामोदर सुवालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...