News Portal

  • भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने, मध्यपहाडी लोकमार्ग जोड्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ७ बैशाख २०८०
    २६५१ पटक
    भक्तपुर, ७ बैशाख २०८०

    भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने भएको छ । आइतवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले उक्त सडक स्तरोन्नती कार्यको शिल्यान्यास गरेका हुन् ।

    सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्दै मन्त्री दुलालले सरकारले राजनीतिक आस्थाका आधारमा नभई जनताको आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने बताए । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका उनले भने, ”मन्त्री जुनसुकै पार्टीका भएपनि फरक पर्दैन, बजेट सरकारले ल्याउने हो र सरकार सबै जनताको हो ।”

    चाँगुनारायण क्षेत्रबाट निर्वाचित भएर भौतिक पूर्वाधार मन्त्री बनेका कृष्णलाल भडेलले ५ करोड बजेट बिनियोजन गरेको सडकमा आफू मन्त्री भएपछि बढाएर ५९ करोड पुर्याएको खुलासा गर्दै मन्त्री दुलालले प्रदेश सरकार भक्तपुर जिल्लाकै समग्र बिकासको पक्षमा रहेको बताए । उनले यो सडक मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर भित्रिने बैकल्पिक बाटो हुने बताउदै यसले काभ्रे, दोलखा र रामेछापको दुरी घटाउने समेत जिकिर गरेका छन् ।

    भक्तपुर संघीय राजधानीसँग जोडिएर पनि भौतिक पूर्वाधारमा पछि पारिएको प्रति उनले चिन्ता व्यक्त गरेका छन् । मन्त्री दुलालले प्रदेश सरकारले भक्तपुरलाई आधुनिक सुविधाले सम्पन्न पार्दै काठमाडौंका मानिसलाई भक्तपुरमा बस्न पाए हुने भन्ने वातावरण बनाउने योजना बारे अवगत गराएका थिए ।

    बिकासका योजना पर्दा पहलको जस लिने भन्दा पनि योजनालाई समयमै सम्पन्न गर्न सामूहिक सहकार्य हुनुपर्नेमा उनको जोड रहेको छ । ”परिसकेको योजनामा जस लिने भन्दा पनि योजना माग गर्दा साझा रुपमा माग गर्ने एवं साझा अपनत्व लिदै काम गर्न र समयमै सम्पन्न गर्न सामूहिक सहकार्य गर्ने परिपाटी बसाल्नुपर्दछ ।” मन्त्री दुलालले भने । उनले प्रादेशिक सडक गुरुयोजना अनुसार प्रदेश सरकारले काम गर्ने जिकिर गर्दै भक्तपुरमा दर्जनौं सडक बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । ” भनिएका मात्र होइन, नभनिएका यहाँका सडकको निर्माण एवं स्तरोन्नतीको जिम्मा पनि प्रदेश सरकारले लिन्छ ।” उनले भने ।

    सडक शिलान्यास कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष हरिराम सुवाल र चाँगुनारायणका वडाध्यक्ष जयन्द्र खड्काले सडक निर्माणका क्रममा सिमाङ्कन लगायतका समस्या समाधानमा आफूहरुको पूर्ण साथ् हुने प्रतिवद्धता प्रकट गरेका थिए भने चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले संघ र प्रदेश सरकारसंग समन्वय गरी थप बिकासका योजनाहरु नगरपालिकामा भित्राउन प्रयास भैरहेका र छिट्टै यो नगर भौतिक पूर्वाधारले भरिपूर्ण हुने बिश्वास व्यक्त गरे ।

    उक्त अवसरमा नेकपा(माओवादी केन्द्र) का नेता एवं बागमती प्रदेश सभा सदस्यद्वय देवेन्द्र श्रेष्ठ दिवाकर र भुवनकेशरी श्रेष्ठ भावना त्यसैगरी नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री कृष्णलाल भडेल, जिसस प्रमुख ईश्वरबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।

    यस्तो छ सडकको काम
    सडक १२ मिटर चौडा गर्नेगरी निर्माणकम्पनीले ठेक्का स्वीकार गरी काम शुरु गरेको छ । साढे ८ किमीका लागि ठेक्का लागेको यो सडकमा ठेकेदार कम्पनीले ५ किलोमिटर मात्र कालोपत्रे गर्ने भौतिक पूर्वाधार कार्यालय काभ्रेका प्रमुख भरत यादवले जनाएका छन् । कम्पनीले सडक चौडा, डामर कंक्रीट, रिटेनिङ वाल, सवर लाइन र प्लम ड्रेन लगायतका काम गर्ने बताइएको छ ।

    ५ करोडबाट ५९ करोड बिनियोजन
    यो सडकको लागि यस क्षेत्रका यस अघि सांसद समेत रहेका बागमती प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले ५ करोड बिनियोजन गरेका थिए । सरकार परिवर्तन संगै बजेट काटिने चिन्ताले स्थानीय ब्याकुल बनेका थिए । संयोगबस अहिले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी सह्हाल्न पुगेका डिपी ढकाल पनि यसै क्षेत्रका नेता भएकाले स्थानीयले बजेट निरन्तरताको माग गरे । सत्तारुढ दलका सांसद देवेन्द्र श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ र सुरेश श्रेष्ठले समेत यसमा पहल गरे ।

    जनप्रतिनिधिको आग्रह र पूर्वाधार बिकास कार्यालय काभ्रेको सिफारिसमा भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले बजेट ५ करोडलाई बढाएर ५९ करोड बिनियोजन गरिदिए । आइतवार सडक शिलान्यास गर्दै मन्त्री स्वयम्ले सोकुरा खुलासा गरेका हुन् । उनले यस सडकलाई काभ्रे,दोलखा, रामेछाप लगायत मध्य पहाडलाई जोड्ने बैकल्पिक प्रादेशिक मार्ग बनाउने प्रदेश सरकारको योजना बमोजिम रकम बढाएको खुलासा गरेका छन् । सरकार परिवर्तन संगै बजेट काटिने हल्ला भएपछि  आफूहरूले चासो राखेको र बजेट वृद्धि गराउन पहल गरेको नेकपा(माओवादी केन्द्र) का जिल्ला संयोजक सुनिल बासुले बताए ।

    ३९ करोड ५५ लाख रुपैयाँको लागत
    देकोचा चाँगु न्याचोपौवा मंगलटार साँखु सलम्बुटार सडक नामाकरण गरिएको सडक स्तरोन्नती आयोजना ३९ करोड ५५ लाख रुपैयाँमा निर्माण कम्पनीले ठेक्कामा लिएको छ ।

    बागमती प्रदेश सरकारको धुलिखेलस्थित भौतिक पूर्वाधार कार्यालयले यसको स्तरोन्नती कार्यका लागि ठेकेदार कम्पनी देव एण्ड सायर/ज्ञानज्योति/क्षितिज जेभी कोटेश्वर संग निर्माण सम्झौता गरेसंगै आइतवार बाट काम शुरु भएको छ । ५९ करोड बजेट बिनियोजन भएको यो आयोजनामा घटाघट गरी उक्त संयुक्त कम्पनीले ३९ करोड ५५ लाख रुपैयाँको लागतमा काम सक्नेगरी ठेक्का स्वीकार गरेको हो ।

    २ वर्ष भित्र निर्माण सम्पन्न गरिने
    करिब साढे ८ किमि लम्बाई रहेको यस सडकको निर्माण २ वर्ष भित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको छ । गत बैशाख ३१ गते निर्माण सम्झौता भएको सडक २०८२ बैशाख ३० सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भौतिक पूर्वाधार कार्यालय काभ्रेका लेखा प्रमुख श्रवन ढुंगानाले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...