News Portal

  • बागमती प्रदेश सरकारले जगायो आश : हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ जेठ २०८०
    ४४७ पटक
    भक्तपुर, १४ जेठ २०८०

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक गरिएको नीति तथा कार्यक्रम हेर्दा बागमती प्रदेश सरकारले उत्पादन र रोजगारिको क्षेत्रमा जोड दिएको देखिन्छ । १ वडा र पालिकालाई पकेट क्षेत्र घोषणा गरेर सामुहिक उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गरिने बताइएको छ ।

    महिला र यवालाई आर्थिक रुपमा सबल बनाउन गृहणी महिला र बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि सीप,पुँजी र प्रविधि प्रदान गर्ने कार्यक्रम अघि सारिएको छ ।

    बाझो जग्गामा सामुहिक फलफुल खेती र करार खेतीको परिकल्पना गरिएको छ ।प्रदेशमा लगानी मैत्री बाताबरण बनाउन प्रदेशमा स्थापना हुने उद्योगका लागि आवश्यक भौतिक पुर्वाधार निर्माणमा सहयोगको नीति अवलम्बन गरिएको छ ।

    त्यसैगरी कृषी प्रशोधन गरि मूल्य शृङ्खला शृजना गर्ने किसान समूह, सहकारी र उद्योगलाई सहयोग गर्ने, बजेटलाई सबै किसानको पहुचमा अनुदान पुर्याउने कार्यक्रम बनाइएको छ ।

    निर्यातजन्य उपज मा अनुदान र कृषकलाइ कृषी बजार, कृषि पुर्वाधार र प्रविधिमा लगानी गर्ने र स्मार्ट फार्मिङ गर्ने घोषाना गरिएको छ ।

    त्यसैगरी भौतिक पुर्वाधार तर्फ न्युनतम मापदण्ड भन्दा तलका योजनामा रकम बिनियोजन नगर्ने नीति लिएर कनिका छरेजस्तो बजेट छर्नु भन्दा ठुला योजना अघि सारिएको छ । एकीकृत शहरी पुर्वाधार निर्माण गर्ने, प्रादेशिक सडकहरुको मापदण्ड बनाइ कार्यान्वयन गर्ने, सहरी जाम कम गर्न अन्डर पास र फ्लाइ ओभर निर्माण गर्ने,उपत्यकाको नदिहरुमा करिडोर निर्माण गर्ने,शुरुङ मार्ग निर्माणको कार्य अगाडि बढाउने, पूर्ण उज्यालो प्रदेश निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सामाजिक बिकासअन्तर्गत शिक्षा तर्फ प्रदेश अस्पतालहरुको स्तर वृद्धि गर्ने, आधारभुत विद्यालय सम्म पूर्ण निशुल्क शिक्षाको ग्यारेन्टी गर्ने विद्यार्थी शिक्षक र पाठ्यक्रम केन्द्रित सुधार अगाडि बढाउने र प्रदेश विश्व विद्यालय स्थापना गर्ने उद्घोष गरिको छ ।

    त्यस्तै स्वास्थ्य सेवा तर्फ किशोरिहरुलाई पाठेघरको क्यन्सर विरुद्ध खोप लगाउने, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम बिस्तार गरि समुदाय सम्म पुर्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।प्रादेशिक अस्पतालमा नवजात शिशुहरुको जीवन रक्षाको लागि नवजात शिशुको सघन उपचार कक्ष (NICU) को स्थापना र स्तरउन्नति गरिने छ । मातृ तथा नवजात शिशु मृत्युदर कम गर्न ICU/ NICU सवा प्रदायक संस्थासग सझौता गरि नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्ता मिलाइने बताइएको छ ।

    गरिब घर परिवार पहिचान गर्ने र यसै बर्षमा कक्षा १२ सम्म पढाई हुने सबै विद्यालयमा नर्स पुर्याउने समेत नेती तथा कार्यक्रमले स्पष्ट पारेको छ ।

    बन तथा वातावरणको संरक्षण गर्ने र शहरी क्षेत्रमा हरियाली प्रवर्द्धन गर्ने मात्र नभई बनलाई उत्पादनसंग जोडन सरकारी कार्यालयमा अनिवार्य स्वदेशी काठ प्रयोग गर्ने नीति लिइएको छ ।

    पर्यटन सस्कृतीको बिकाश गर्न सन २०२४ लाई पर्यटन भ्रमण बर्षको रुपमा मनाउने र होम स्टे बिस्तार गर्ने नीति तथा कार्यक्रम रहेको छ । तामाङ र नेपाल भाषालाई सरकारी काम काजको भाषाको रुपमा बिकास गर्ने नीति तथा कार्यक्रममै उल्लेख छ ।

    सरकारले दीगो विकासको अवधारणा अनुसार गरी नीति तथा कार्यक्रम तय गरेको र आगामी आर्थिक वर्षमा प्रदेशले उत्पादन, रोजगारी, सामाजिक विकास र सूचना प्रविधिको क्षेत्रमा ठुलो फड्को मार्ने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सलाहकार डिपी ढकालले बताएका छन् । आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धितर्फ जाने उनले जिकिर गरेका छन् ।

    हेर्नुस बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम

    niti tatha karyakram

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...