News Portal

  • दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ जेठ २०८०
    १८९ पटक
    sungava schoolभक्तपुर, १७ जेठ २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको छ । निर्वाचन प्रक्रिया अनुसार मतदान बाट सांसद चयन गर्ने कार्य सकिएपछि नमूना संसद अभ्यास गरिने भएको हो ।

    विद्यालयका इन्चार्ज विनय खड्काले प्रत्यक्ष र साम्नुपातिक निर्वाचन बाट निर्वाचित २१ जना सांसद नमूना संसदका सदस्य रहने बताए । “राजनीतिक दल जस्तै रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउस छुट्यार उम्मेदवार बनाइएको थियो,” उनले भने । निर्वाचन बाट प्रत्यक्ष तर्फ १२, समानुपातिक तर्फ ८ र १ जना मनोनित हुने व्यवस्था सहित नमूना संसदमा २१ जना सांसद रहने शिक्षक खड्काले जानकारी दिएका छन् ।

    सामाजिक शिक्षा विषय अन्तरगत कार्यपालिका र व्यवस्थापिकाको अभ्यास सिकाउने मुख्य उद्देश्यका साथ नमूना संसदको कार्य गरिएको विद्यालयका प्रार्चाय महेशचन्द्र गौमतको भनाइ रहेको छ । यस कार्यमा कक्षा ३ देखि कक्षा १० सम्मका ३८७ जना विद्यार्थीहरुले मतदान गरेका प्रार्चाय गौतमले जानकारी दिए । सो निर्वाचन प्रक्रियामा कक्षा ४ देखि १० सम्मका ४८ जना विद्यार्थीले उम्मेवारी दिएका थिए ।

    विद्यालय किताबी ज्ञान मात्रै नभए अन्य कुरा सिकाउने उद्देश्य लिएर नमूना संसदको अभ्यास गर्न लागिएको विद्यालयका अध्यक्ष लीलानाथ निरौलाले बताए । “रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउसलाई दल मानेर चस्मा, पंखा, गमला र कुर्सी चुनाव चिन्ह् दिएका थियौं,” अध्यक्ष निरौलाले भने । असार ७ गते बस्ने नमूना संसद अगाडी सपथ खुवाउने र ७ गते जेष्ठ सदस्यको अध्यक्षतामा बैठकबस्ने र सभामुख चयन गर्ने कार्यक्रम रहेको छ । यो अभ्यास सधै होइन तीन तीन वर्षको फरकमा गर्ने सोच विद्यालय बनाएको अध्यक्ष निरौलाको भनाई रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...