News Portal

  • सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ जेठ २०८०
    ७७२ पटक
    भक्तपुर, १८ जेठ २०८०

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक सहित ३ जना बेपत्ता भएका छन् ।

    शुक्रवार बिहान सानोठिमीबाट खोटांगको दिक्तेल स्थित बहुप्राविधिक शिक्षालयतर्फ हिडेको जीप सिन्धुलीको गोलन्जोरमा अपराह्न करिब १२ बजे दुर्घटनामा परेको हो । खुर्कोट र घुर्मीको बीचमा गुड्दै गर्दा एक्कासी जीप सडकबाट सुनकोशी नदीमा खसेको थियो ।

    जीप सुनकोशीमा खस्दा निर्देशकद्वय कृष्ण केसी र यामप्रसाद भुर्तेल तथा अधिकृत भानु पौडेल बेपत्ता भएका छन् । चालक कृष्ण चौधरी भने सम्पर्कमा आएका स्थानीय प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजी कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    दिक्तेल स्थित बहुप्राविधिक शिक्षालयमा पूर्व शिक्षा मन्त्री गिरीराजमणी पोखरेलसहित स्थानीय जनप्रतिनिधि र अगुवा सम्मीलित बैठकमा सहभागी हुन सीटीइभीटीको टोली त्यसतर्फ लागेको थियो । दुर्घटनाको खबरले सीटीइभीटीमा सन्नाटा छाएको छ । पूर्व शिक्षा मन्त्री गिरीराजमणी पोखरेल दिक्तेलबाट दुर्घटनास्थल तर्फ पुगिसकेका उनको सचिवालयले जनाएको छ । बेपत्ता भएका राष्ट्रसेवकको खोजी र उद्धारमा पोखरेलले सरकारसंग समन्वय गरिरहेका छन् ।

    बेपत्ता भएका निर्देशक केसी प्रशासन प्रमुख हुन् भने भुर्तेल योजना तथा नीति निर्माण महाशाखाका निर्देशक हुन् । त्यसैगरी पौडेल सीटीइभीटीको स्तर निर्धारण महाशाखाका अधिकृत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...