News Portal

  • भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ जेठ २०८०
    २३०६ पटक
    भक्तपुर, २१ जेठ २०८०

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् ।

    सूर्यविनायक – ५ कटुन्जे निवासी लुइँटेल भक्तपुरको शिक्षा क्षेत्रमा प्राज्ञिक ब्यक्तित्वको रुपमा परिचित रहेकी छन् । भक्तपुर क्याम्पसमा प्राध्यापन गरेकी कारण क्याम्पसको समस्या र अवस्थाबारे उनी  जानकार छिन् ।

    क्याम्पसको भौतिक एवं शैक्षिक बिकासमा उनको कार्यकाल स्मरणीय हुने अपेक्षा गरिएको छ । प्राध्यापक, विद्यार्थी, शिक्षाप्रेमी र सरोकारवालाको आफूलाई साथ रहने बिश्वास ब्यक्त गर्दै उनले क्याम्पसलाई उत्कृष्ट शैक्षिक गन्तब्य बनाउने अभियानमा सबैसंग समन्वय गरी अघि बढ्ने प्रतिवद्धता प्रकट गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...