News Portal

  • आयुर्वेद स्वास्थ्य केन्द्र प्रति बढ्यो बिरामीको बिश्वास, जटिल उपचारमा आयुर्वेद प्रति आकर्षण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ जेठ २०८०
    १३९३ पटक
    भक्तपुर, २६ जेठ २०८०

    भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा बिरामीहरुको बिश्वास बढ्न थालेको छ । बाटो पर्दा मात्र पस्ने बिरामी अचेल धाएरै यो सरकारी स्वास्थ्य केन्द्र पुग्न थालेका छन् ।

    कार्यालय प्रमुख रहेका बिशेषज्ञ चिकित्सक डा नरेन्द्रप्रसाद गिरी आफै पूरा समय बिरामीको उपचारमा सक्रिय हुँदा पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको साख ह्वात्तै बढेको हो । आयुर्वेदिक धुलोमूलो औषधीको लागि मात्र केन्द्रमा पुग्ने सेवाग्राहीहरू जटिल उपचारका लागि समेत आयुर्वेद प्रति आकर्षित हुन थालेका हुन् ।

    ठिमी बाट उपचारका लागि आइपुगेका जनक पौडेलले आफ्ना चिनजानका आफन्तको ग्यास्ट्रिक यहाँ निको भएकोले उपचारका लागि आएको जानकारी गराए । त्यसैगरी भक्तपुरकी नानीमैयाले भने नजिक भएकाले यहाँ उपचारका लागि आएको प्रतिक्रिया दिएकी छन् । शुक्रवार स्वास्थ्य केन्द्र पुग्दा प्राय: ग्यास्ट्रिक र बाथ रोगका बिरामी भरिभराउ भेटिए ।

    बिरामी दर्ता कार्यमा संलग्न कर्मचारी झिल्का खड्काले जनाए अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा दैनिक कम्तीमा पाँच दर्जन नयाँ बिरामी उपचारका लागि आउने गर्दछन । ”कुनै दिन सय बढी बिरामी पनि आउनुहुन्छ ।” उनले भनिन ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा ज्यादात्तर पेट, टाउको, हाडजोर्नी र नसा रोगका बिरामी आउने गरेका कार्यालय प्रमुख समेत रहेका बिशेषज्ञ चिकित्सक(एमडी) डा नरेन्द्र गिरीले बताए । धेरै जसो प्रौढ उमेरका बिरामीहरु आउने र एलोपेथी बाट निको नभएपछि मात्र आयुर्वेदमा आउने प्रवित्ति रहेकोले आफूहरुसंग चुनौती रहेको उनको भनाइ छ ।

    रोग लाग्नासाथ उपचार गर्न सके छिटो निको हुने जानकारी गराउदै उनले जटिल बिरामी भएपछी मात्र बिरामी आयुर्वेदमा आउने गरेका गुनासो गरे । आफूहरुले पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको कार्यालय प्रमुख डा गिरीले जानकारी दिए । साथै.२३ प्रकारका औषधी नि:शुल्क र अन्य आवश्यक औषधीहरु सर्वसुलभ मूल्यमा आफ्नै औषधालय बाट वितरण गर्दै आएको उनले बताए । गत आवको भन्दा यस आवमा केन्द्रमा बिरामीको चाप बढेको डा गिरीले बताएका छन् ।

    गत आवमा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र र यसका दुई वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत कुल १४ हजार १४० जनाले ओपिडि सेवा लिएका थिए । जस मध्ये ८ हजार ९ सय ८४ जना महिला सेवाग्राही रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...