चाँगुनारायणका नेता रामलाल नेम्हाफुकीलाई मातृशोक परेको छ ।
रामलालसहित कुलबहादुर र सुरेश न्हेम्हाफुकीको ममतामयी माता सुनमाया न्हेम्हाफुकीको गएराति असमायिक निधन भएको हो ।
८१ वर्षको उमेरमा निधन भएकी सुनमायाको ताथलीस्थित घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको पारिवारिक श्रोतले जनाएको छ । सुनमायाका तीनै भाइ छोरा नेकपा(माओवादी केन्द्र) का नेता हुन् भने जेठो छोरा रामलाल पार्टीको नगर इन्चार्ज रहेका छन् । सुनमायाले तत्कालीन जनयुद्ध कालमा नेताहरूलाई घरमा आश्रय दिएर पार्टीलाई सहयोग गरेकी थिइन् । उनको निधनले जिल्ला पार्टीले एक स्नेही अभिभावक गुमाएको भन्दै जिल्ला संयोजक सुनिल बासुले दु:ख व्यक्त गरेका छन् ।