News Portal

  • ट्राफिक नियम उल्लङ्घन गर्नेले अब भक्तपुरमै सचेतना कक्षा लिन पाउने

    राजेशमान मानन्धर / भक्तपुरपोस्टभक्तपुर, २८ जेठ २०८०
    ३२५२ पटक
    raju karkiभक्तपुर, २८ जेठ २०८०

    ट्राफिक नियम उल्लङ्घन गर्नेले अब भक्तपुरमै सचेतना कक्षा लिन पाउने भएका छन् । काठमाडौं गएर जरिवाना तिर्नुपर्ने र कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा असार देखि कारवाहीमा पर्ने सवारी चालकले भक्तपुरमै जरिवाना तिर्न र कक्षा लिन पाउने भएका हुन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक राजु कार्कीले ट्राफिक कारवाहीमा परेका चालकलाई भक्तपुरमै सचेतना कक्षा संचालन हुने पुष्टि गरेका छन् । मादक् पदार्थ सेवन बाहेक लेन अनुशासन, रातो बत्ती र तीब्र गतिका कारण कारवाहीमा पर्ने चालकका लागि यस्तो व्यवस्था गरिएको प्रमुख कार्कीले प्रष्ट पारे । मापसेमा पर्नेले भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको उनले जनाएका छन् ।

    जिल्लामै जरिवाना तिर्न र कक्षा लिन पाउने व्यवस्थाले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख कार्कीले बिश्वास व्यक्त गरे । ” भक्तपुर जिल्लामा कारवाही परेकालाई असार १ गतेदेखि नै यहीं सचेतना कक्षाको व्यवस्था मिलाइएको छ ।” प्रमुख कार्कीले भने । जिल्ला बाहिर कारवाहीमा परी सचेतना कक्षा लिनुपर्नेलाई निकट भविष्यमै पायक पर्ने जिल्ला रोजेर कक्षा लिन पाइने व्यवस्था मिलाउने तयारी रहेको समेत उनले खुलासा गरेका छन् ।

    मापसे, लेन, तिब्र गति र रातोबत्ती उल्लङ्घन गरि कार्वाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवाना सहित अनिवार्य सचेतना कक्षामा सहभागी गराउदैं आएको छ । त्यसको लागि टोकन लिएर १ घण्टा सचेताना कक्षा लिनुपर्ने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...