News Portal

  • १ वर्षमा सूर्यविनायकका ३ सय ४ विकासे आयोजना सम्पन्न (हेर्नुस् प्रगती विवरण)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ जेठ २०८०
    ३७६ पटक
    basudev thapaभक्तपुर, २८ जेठ २०८०

    सूर्यविनायक नगरपालिकाले एक वर्षमा पूर्वाधार विकासका ३ सय ४ वटा आयोजनाहरु सम्पन्न गरेको छ । आइतवार पत्रकार भेटघाटमा नगर प्रमुख बासुदेव थापाले सो तथ्यांक सार्वजनिक गरेका हुन् ।

    जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षे उपलब्धीबारे बताउदैं नगर प्रमुख थापाले एक वर्षमा नगरमा करिब ११ किलोमिटर सडक कालोपत्रे र ढलान भएको र ५.६ कि.मी सडक बाटो सिमांकन भएको जानकारी गराएका छन् । मोटर पुल २ वटा, ट्रष्ट पुल ४ वटा बनाइएको बताउदै उनले २ किमी ढल बिस्तार गरिएको र २२०० वटा नयाँ खानेपानीका धारा वितरण गरिएको समेत बताए ।

    सामुदायिक भवन निर्माण र मठ, मन्दिर, गुम्बा लगायत धार्मिक, सास्कृतिक र पुरातात्विक महत्वका संरचना मर्मत तथा सुधार १९ वटा सम्पन्न भएको उनको भनाइ छ । भौतिक बिकासका अलावा शिक्षा र स्वास्थ्य लगायत सामाजिक बिकासमा समेत उल्लेख्य कार्य भएको उनले जिकिर गरेका छन् ।

    सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक माध्यमबाट परीक्षा संचालन गरी प्रधानाध्यापक नियुक्ति गरिएको, कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार भई यसै शैक्षिक सत्रदेखि नै पठन पाठन प्रारम्भ भई सकेको र ६०० जना भन्दा वढी विद्यार्थीहरुको सहभागिता सहित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको नगरप्रमुख थापाले जनाएका छन् ।

    नगरपालिका क्षेत्रमा स्थापित १३ वटै आधारभूत स्वास्थ्य संस्थाहरुबाट निशुल्क स्वास्थ्य परीक्षण, खोपसेवा, गर्भवती महिलाहरुको लागि सेवा, ल्याव सेवा एवं ९८ प्रकारका औषधिहरु निशुल्क रुपमा वितरण हुदै आएको छ । गएको १ वर्षको अवधिमा वडा स्थित सामुदायिक स्वास्थ्य संस्था र अस्पताल बाट गरी ९५ हजार ९ सय ६६ जना जनाले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा प्राप्त गरेको छ ।
    स्वास्थ्य जोखिम न्यूनीकरणका लागि नगरपालिकाको तर्फबाट रु. एक हजार अनुदान सहित संचालनमा ल्याईएको स्वास्थ्य वीमा कार्यक्रमबाट यस आ.व.मा थप २०३५ घरधुरीका १०१७५ जना लाभान्वित हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन ।

    एक वर्षको अवधिमा ५०० भन्दा वढि महिला तथा लक्षित समुदायका सदस्यहरुलाई विभिन्न प्रकारका तालिम संचालन गरिएको छ भने लैङ्गिक हिसां, घरेलु हिंसा, अन्य हिंसाका घटना न्यूनीकरणका लागि ४०० जना भन्दा वढी महिलाहरुलाई सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।

    नगरपालिकामा कुरिलो ३ लाख ३७ हजार के.जी., च्याउ ५ लाख ४० हजार के.जी., र गोलभेडा २६ लाख ५१ हजार के.जी. उत्पादन भई उक्त उत्पादनहरुमा नगरपालिका आत्मनिर्भर भई निकासी समेत गर्ने गरिएको छ । सयपत्री फूल ५ करोडको, ६ करोडको कुरिलो, ८ करोडको च्याउ र ७ करोड ८० लाख बरावरको गोलभेडा यस नगरपालिकामा उत्पादन भई विक्री वितरण भएको नगरप्रमुख थापाले जानकारी दिएका छन् ।

    सुशासनका लागि प्रविधिको प्रयोग गरी विद्युतीय शासन प्रणाली स्थापना गर्न सूर्यविनायक नगरपालिकामा विभिन्न प्रकारका १० वटा सफटवेयर प्रयोग गरिएको बताइएको छ । सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउनका लागि नागरिक वडापत्र, सार्वजनिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम संचालन गरिएको नगर प्रमुख थापाले बताए । सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्दै विद्युतीय घर नक्सा पास प्रणाली ईविपिएस कार्यान्वयनमा आई एक वर्षको अवधिमा २१७१ जनाले सेवा प्राप्त गरेका छन । स्थानीय भू उपयोग परीषदको तर्फबाट नगरपालिकाको भू उपयोग योजना तर्जुमा पुरा गरी कार्यान्वयनमा ल्याईएको छ ।

    उनले नगरपालिकाको कार्यालय भवन समयमै बनाउन नसकिएको स्वीकार गर्दै काबू बाहिरको परस्थितिका कारण निर्माण व्यवसायीलाई कारवाही समेत गर्न नसकिएको खुलासा गरे । पछिल्लो समय निर्माणमा केही रफ्तार बढेको र करिब ५० प्रतिशत कार्य यसै वर्ष सम्पन्न भै आगामी आ.व.भित्र निर्माण सम्पन्न हुने गरी निर्माण व्यवसायीसंग पछिल्लो सम्झौता भएको उनको भनाइ छ ।

     

    चालू आ.व.को लागि १ अर्व ९२ करोडको बजेट प्रक्षेपण गरिएकोमा हालसम्म चालू तर्फ रु.४७ करोड ९५ लाख एवं पूँजीगत तर्फ ४५ करोड त्रिहत्तर लाख खर्च भएको जानकारी दिँदैं थापाले खर्च प्रतिशत हेर्दा चालू तर्फ ५८ प्रतिशत र पूँजीगत तर्फ ५२ प्रतिशत खर्च भएको र आ.व.को अन्तसम्म करिब ७० प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरिएको उनले बताए ।

    कार्यक्रममा नगर उपप्रमुख एवम् न्यायीक समितिका संयोजक सरिता भट्टराई तिमल्सिनाले यस वर्ष ६४ वटा उजुरी निवेदन रहेकामा २५ वटा फर्छयौट भएका बताइन । उनले १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी त्यही बाट विवाद समाधानको प्रयास गरिएको जानकारी गराइन ।

    उनले विपद व्यवस्थापनका लाागि गरिएको प्रयासबारे जानकारी गराइन । महिला, बालबालिका र जेष्ठ नागरिक र अपांगता तथा असक्तता भएकालाई राहत र अवसर उपलब्ध गराईएको बारे उनले बताइन ।

    कार्यक्रममा नगर प्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले नेपाल पत्रकार महासंघसंग सहकार्य गरी सञ्चार नीति निर्माण गर्ने एवं पत्रकारको वृत्ति बिकासमा समेत योगदान गर्ने बताए । उनले नगरबासीलाई सुसूचित गर्ने कार्यमा संचार जगतको महत्वबारे बताउदै रचनात्मक आलोचनाले नै कम्जोरीलाई सुधार्न सहयोग मिल्ने बिश्वास व्यक्त गरे ।

    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले सेवाग्राहीमैत्री सेवा प्रवाह हुने विश्वास दिलाउदै नगरपालिकाका सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीले सेवाग्राहीका गुनासो सम्बोधन गरी सेवा उपलब्ध गराउने जिकिर गरे । उनले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच कुनै मतभेद नभएकोले कार्यसम्पादनमा ढिलासुस्ती नरहेको पनि दावी गरेका छन् ।

    कार्यक्रममा वडा नं. १ देखि १० सम्मका वडाअध्यक्ष एवम् वडाका प्रतिनिधिले एक वर्षमा वडाले गरेका उपलब्धीबारे बुँदागतरुपमा बताएका थिए । पत्रकारका विविध जिज्ञासाबारे जवाफ दिंदै नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रवक्ता रविन्द्र सापकोटा र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी लगायतले सूचना उपलब्ध गराउन आफूहरु सदैव तयार रहेको प्रष्ट पार्दै सहि सूचना प्रेषित गर्न प्रेरित गरेका थिए । कार्यक्रमको संचालन भने सूचना अधिकारी अनिरुद्र नेपालले गरेका थिए ।

    हेर्नुस् प्रेस नोट

    ‘दिगो विकास व्यवस्थित शहर
    स्वच्छ, समृद्ध सूर्यविनायक नगर’
    जनताको सवैभन्दा नजिक रहेर आम जनसमुदायको मन जित्न सफल स्थानीय तहको दोस्रो निर्वाचन पश्चातको एक वर्षको समय व्यतीत भएको छ । पहिलो वर्षको छोटो समयमा नै नगरपालिकाको तर्फबाट आर्थिक र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण कार्यहरु भएका छन । यस अवधिमा क्षेत्रगत रुपमा भएका उपलब्धीहरुलाई यस पत्रकार भेटघाट कार्यक्रम मार्फत आम नगरवासीहरुमा जानकारी गराउने अभिप्रायले यो कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका भनेको १० वडा कार्यालय पनि हो वडा कार्यालय सरकारको अनुभुति दिने पहिलो केन्द्र हो यसर्थ हामीले सवै वडा कार्यालहरुको तर्फबाट एक वर्षको उपलब्धी प्रस्तुत भई सकेको छ । नगरपालिकाको तर्फबाट भएका केही महत्पूर्ण उपलब्धीहरुलाई बुदाँगत रुपमा यहाँहरु समक्ष प्रस्तुत गर्न गई रहेको छु ।

    १. पूर्वाधार क्षेत्र
    – यस वर्ष पूर्वाधार विकासका ४६९ वटा आयोजनाहरु सम्झौता भई ३०४ वटा आयोजना सम्पन्न भई सकेको र १६५ वटा आयोजनाहरु सम्पन्नको अन्तिम चरणमा पुगि सकेको छ ।
    – एक वर्षको यस अवधिमा नगरपालिकामा थप १०.९ कि.मी.सडक कालोपत्रे तथा ढलान कार्य सम्पन्न भएको छ भने थप पक्की मोटर पुल २ वटा, ट्रष्ट पुल ४ वटा, बाटो सिमांकन ५.६ कि.मी., ढल विछ्याउने कार्य २ कि.मी., नयाँ खानेपानीका धारा वितरण २२०० वटा, सडक वत्ति जडान १३५२ वटा, सामुदायिक भवन निर्माण ३ वटा, र मठ, मन्दिर, गुम्बा लगायत धार्मिक, सास्कृतिक र पुरातात्विक महत्वका संरचना मर्मत तथा सुधार १९ वटा सम्पन्न भएका छन ।
    -नगरपालिकाको प्रशासनिक भवनको करिब ५० प्रतिशत कार्य यसै वर्ष सम्पन्न भएको छ भने आगामी आ.व.भित्र पूरा हुनेछ ।
    – नगरपालिका अस्पतालको नयाँ भवनको डीपीआर तयार भई स्वीकृतिका लागि पेश गरिएको छ भने वडा नं ५ को वडा प्रशासकीय भवन निर्माण गर्न बोलपत्र आव्हानको सूचना प्रकाशित भई सकेको ।
    – यसै नगरपालिकाको गुण्डुमा यातायात कार्यालय भवन निर्माण कार्य अगाडि वढाईएको छ ।
    – सूनपा वडा नं १ देखि ६ सम्म नगरपालिकाको आफ्नै लगानीमा मेलम्चीको खानेपानी वितरणको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भई बोलपत्र प्रकाशित भई सकेको ।

    २. शहरी विकास तथा भवन निर्माण
    – सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्दै विद्युतीय घर नक्सा पास प्रणाली ईबीपीएस कार्यान्वयमा आई एक वर्षको अवधिमा २१७१ जनाले सेवा प्राप्त गरेका छन ।
    – स्थानीय भू उपयोग परीषदको तर्फबाट नगरपालिकाको भू उपयोग योजना तर्जुमा पुरा गरी कार्यान्वयनमा ल्याईएको छ ।

    ३. शिक्षा, युवा तथा खेलकुद
    – सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक माध्यमबाट परीक्षा संचालन गरी प्रधानाध्यापक नियुक्ति गर्ने कार्यले राष्ट्रव्यापी प्रशंसा पाएको छ । काठमाण्डौ उपत्यका मेयर्स फोरमको तर्फबाट उपत्यकाका सवै स्थानीय तहमा यो प्रणाली लागू गर्ने निर्णय भएको र संघीय सरकारको आगामी आ.व.को बजेट वक्तव्यमा समेत सवै स्थानीय तहमा यो अभ्यासलाई लागू गर्ने विषय उल्लेख भएको हुदां यो काम नगरपालिकाको तर्फबाट भएको उत्कृष्ठ कार्य बनेको छ ।
    – पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल तथा ईन्जिनियरिङ्ग विषय सहितको आङ्गिक क्याम्पस यस नगरपालिकामा संचालन गर्नका लागि वडा नं ७ मा जग्गा पहिचान गरी सरकारी जग्गा लिजमा लिने कार्यविधिको प्रावधान अनुसार प्रकृया अगाडि वढाईएको छ ।
    – कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार भई यसै शैक्षिक सत्रदेखि नै पठन पाठन प्रारम्भ भई सकेको छ
    – ६०० जना भन्दा वढी विद्यार्थीहरुको सहभागिता सहित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न ।
    – शिक्षा तर्फबाट विनियोजित बजेटबाट ८० प्रतिशत भन्दा वढी प्रगति हासिल भएको छ ।
    -यस नगरपालिका भित्रका १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुलाई राज्य संचालनमा अभ्यस्त पार्ने उद्देश्यले राष्ट्रिय युवा परीषदको सहकार्यमा ३ दिने नमूना नगरसभा सम्पन्न गरी नगर युवा संजाल समेत गठन गरिएको छ ।

    सरिता तिमसिना (भट्टराई), उप– प्रमुख
    ४. आधारभूत स्वास्थ्य सेवा
    -आम नगरवासीहरुको स्वास्थ्य प्रति संवेदनशील हुदै नगर अस्पतालको गुणस्तर अभिवृद्धि गरिएको छ ।
    -नगरपालिका क्षेत्रमा स्थापित १३ वटै आधारभूत स्वास्थ्य संस्थाहरुबाट निशुल्क स्वास्थ्य परीक्षण, खोपसेवा, गर्भवती महिलाहरुको लागि सेवा, ल्याव सेवा एवं ९८ प्रकारका औषधिहरु निशुल्क रुपमा वितरण हुदै आएको छ । गएको १ वर्षको अवधिमा वडा स्थित सामुदायिक स्वास्थ्य संस्था र अस्पताल बाट गरी ९५ हजार ९ सय ६६ जना जनाले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा प्राप्त गरेको तथ्यांक यहां प्रस्तुत गरेको छु ।
    -स्वास्थ्य जोखिम न्यूनीकरणका लागि नगरपालिकाको तर्फबाट रु. एक हजार अनुदान सहित संचालनमा ल्याईएको स्वास्थ्य वीमा कार्यक्रमबाट यस आ.व.मा थप २०३५ घरधुरीका १०१७५ जना लाभान्वित हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन ।
    – विश्वव्यापी महामारी नियन्त्रणका लागि कोभिड विरुद्धको खोप १ लाख भन्दा वढी नागरिकलाई लगाई सकिएको ।
    – प्रत्येक स्वास्थ्य संस्थामा भण्डार व्यवस्थापनका लागि विद्यूतीय अभिलेख सूचना प्रणाली लागूगरी कार्यान्वयनमा ल्याईएको ।
    -स्वास्थ्य क्षेत्रका सवै कर्मचारीहरु र स्वयंसेविकाहरुलाई वृहत पोषण सम्बन्धी ७ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको । यसबाट बालमैत्री स्थानीय शासन घोषणाका सूचक पुरा गर्न सहयोग पुग्ने छ ।

    ५. महिला, बालबालिका तथा समावेशीकरण
    – बालमैत्री नगरपालिका बनाउने आधार तयार गरि २०८३ जेठ मसान्त भित्र सम्पन्न गर्ने प्रतिवद्धता गरिएको ।
    -सवै वडामा बालक्लब संजाल, अपाङ्ग समन्वय समिति, जेष्ठ नागरिक समन्वय समिति गठन र परिचालन भएको ।
    -जननिर्वाचित पदाधिकारी र कर्मचारीहरुको लागि क्षमता अविवृद्धि कार्यक्रम संचालन गरिएको ।
    – एक वर्षको अवधिमा ५०० भन्दा वढि महिला तथा लक्षित समुदायका सदस्यहरुलाई विभिन्न प्रकारका तालिम संचालन गरिएको ।
    – लैङ्गिक हिसां, घरेलु हिंसा, अन्य हिंसाका घटना न्यूनीकरणका लागि ४०० जना भन्दा वढी महिलाहरुलाई सचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

    ६. कृषि तथा पशुपंक्षि
    – यस नगरपालिकामा कुरिलो ३ लाख ३७ हजार के.जी., च्याउ ५ लाख ४० हजार के.जी., र गोलभेडा २६ लाख ५१ हजार के.जी. उत्पादन भई उक्त उत्पादनहरुमा नगरपालिका आत्मनिर्भर भई निकासी समेत गर्ने गरिएको ।
    – सयपत्री फूल ५ करोडको, ६ करोडको कुरिलो, ८ करोडको च्याउ र ७ करोड ८० लाख बरावरको गोलभेडा यस नगरपालिकामा उत्पादन भई विक्री वितरण भएको छ ।
    -कृषि क्षेत्रका प्रर्वधनको लागि खर्पन, आईडिआई र अन्य विभिन्न सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रसंग सहकार्य अगाडि वढाईएको छ ।
    – नगरपालिका क्षेत्रमा रहेका १७४५ जना पशुपालक कृषकहरुलाई पशुपंक्षि सेवा कार्यालयबाट सेवा प्रवाह गरिएको ।

    ७. कानून तथा व्यवस्था
    – यस नगरपालिकाको तर्फबाट हालसम्म ३२ वटा ऐन, ८ वटा नियमावली, ४५ वटा कार्यविधि निर्देशिका र २ वटा आचार संहिता गरी जम्मा ८७ वटा कानून तर्जुमा भई कार्यान्वयनमा रहेको
    -चालू आ.व.देखि शुरु गरिएको कानूनी सचेतना कार्यक्रम १० वटै वडामा कार्यान्वयनमा ल्याईएको

    ८. सुशासन तथा सेवा प्रवाह
    -सुशासनका लागि प्रविधिको प्रयोग गरी विद्युतीय शासन प्रणाली स्थानपन गर्न सूर्यविनायक नगरपालिकामा देहाय अनुसारका विभिन्न प्रकारका सफटवेयर प्रयोग गरिएको छ ।
    १.लेखा प्रणालीको लागि सुत्र सफटवेयर
    २.जिन्सीमा पाम्स सफटवेयर
    ३.राजस्व असुली सफटवेयर
    ४.नक्सामा इबीपीएस सफ्टवेयर
    ५. योजना शाखामा योजना सफटवेयर
    ६. नगर अस्पतालमा संचालन सफटवेयर ह्मीस्
    ७. कर्मचारी प्रशासन सम्बन्धी सफटवेयर
    ८. न्यायीक समिति सफटवेयर
    ९. स्वास्थ्यको अभिलेख सफटवेयर इएलमीस्
    १०.पंजीकरणको लागि व्यक्तिगत घटना दर्ता सफ्टवेयर

    – नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, नगर अस्पताल एवं सामुदायिक विद्यालयहरुमा ई हाजिरी प्रणाली कार्यान्वयन ।
    -कर्मचारी तथा जनप्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रमबाट १५६ जना लाभान्वित ।
    – सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउनका लागि नागरिक वडापत्र, सार्वजनिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम संचालन गरिएको ।
    -सूचना तथा अभिलेख केन्द्रको सुदृढीकरण गरी पर्याप्त सूचना प्रवाह हुने व्यवस्था मिलाईएको ।
    – नगरपालिका प्रवक्ता, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको व्यवस्था गरिएको ।

    रविन्द्र सापकोटा-प्रवक्ता
    ९.सहकारी, उद्यम विकास, आय आर्जन, पर्यटन र रोजगारी
    – सूर्यविनायक नगरपालिका, स्वीस दूतावास र नीजि क्षेत्रको संस्था वान टू वाचको सहकार्यमा यहाँ संचालित कम्तिमा २० वटा व्यसायहरुलाई सुदृढीकरण गरी व्यसायको स्तर वृद्धि कार्यक्रम कार्यान्वयनमा रहेको छ ।
    -यस नगरपालिकामा संचालित २२४ वटै सहकारी संस्थाहरुलाई सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुरुप संचालन गर्न प्रविधिको प्रयोग एवं नियमित अनुगमनको व्यवस्था गरिएको छ ।
    – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक वर्षको अवधिमा ३२४ जनाले कम्तिमा १०० दिन रोजगारी प्राप्त गरेको ।
    – सूर्यविनायक नगरपालिकामा पर्यटनको प्रचुर सम्भाव्यतालाई मध्येनजर गरी पर्यटन क्षेत्रको प्रवर्धनका लागि पर्यटकीय संभाव्यताको अध्ययन कार्यको थालनी गरिएको ।

    १०.योजना,अनुगमन तथा मूल्यांकन
    -उप प्रमुखज्यूको संयोजकत्वमा रहेको अनुगमन समितिको तफबाट एक वर्षको अवधिमा १८७ वटा विभिन्न आयोजना तथा कार्यक्रमको प्रत्यक्ष अनुगमन गरिएको छ भने वडा स्तरीय अनुगमन समितिको तर्फबाट समेत नियमित अनुगमन हुदैं आएको छ । विभिन्न अनुगमनहरुमा संचार क्षेत्र र अन्य विषय विज्ञलाई समेत सहभागी गराउने प्रावधान रहेको छ ।
    – बजार अनुगमनका कार्य समेत नियमित रुपमा हुदैं आएको छ ।
    -नगरपालिकाको २५ वर्षे एकिकृत शहरी विकास योजनाको आधारमा ५ वर्ष आवधिक योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    ११. राजस्व परिचालन
    -जरीवाना छुट सहित व्यवसाय दर्ता अभियान संचालन गरी थप १५४३ व्यवसायलाई राजस्वको दायरमा ल्याईएको
    -राजस्व प्रक्षेपणको तुलनामा असुलीको अवस्था विश्लेषण गर्दा हालसम्म ८३.५ प्रतिशत असुली भई सकेको छ भने चालू आ.व.को बाँकि अवधिमा प्रक्षेपित राजस्व असुली हुने अपेक्षा गरिएको छ ।

    १२.आय व्ययको अवस्था
    चालू आ.व.को लागि १ अर्व ९२ करोडको बजेट प्रक्षेपण गरिएकोमा
    हालसम्म चालू तर्फ रु.४७ करोड ९५ लाख एवं पूँजीगत तर्फ ४५ करोड त्रिहत्तर लाख खर्च भएको छ । खर्च प्रतिशत हेर्दा चालू तर्फ ५८ प्रतिशत र पूँजीगत तर्फ ५२ प्रतिशत खर्च भएको देखिन्छ । आ.व.को अन्तसम्म करिब ७० प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरिएको छ ।

    १३. न्यायिक समिति
    – यस वर्ष गत आ.व.को अ.ल्या.सहित ६४ वटा उजुरी निवेदन दर्ता भएकोमा २५ वटा फर्छयौट भएको र अन्य प्रकृयामा रहेको अवस्था छ ।
    – १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना सहित कार्यान्वयन भएको ।

    १४.वातावरण तथा विपद व्यवस्थापन
    – विपद व्यवस्थापन कोषमा विनियोजन भएको रकमबाट नदी नियंत्रणका ९ वटा, पैरो रोकथामको १८ वटा आयोजना सम्पन्न भएको छन भने आगलागी पिडित १३ जना, स्वास्थ्य उपचारका लागि १०७ जना, र दुर्घटना पिडित २१ जनालाई राहत उपलब्ध गराईएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...