News Portal

  • भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वयम्सेवक शिक्षक र व्यवहारिक विषयको व्यवस्था

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असार २०८०
    ३६५ पटक
    भक्तपुर, ६ असार २०८०

    आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका हुन् ।

    बुधवार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेको १४ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख सुनिल प्रजापतिले बिजुक्छेंले कल्पना गरेको भक्तपुरको सपना साकार पारिने बताए । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको रुपमा विकास गर्ने जिकिर गर्दै नगर प्रमुख प्रजापतिले संघीय सरकारले पर्याप्त शिक्षक दरबन्दी नदिएका विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरिने प्रष्ट पारे ।

    नगरका सबै माद्यमिक विद्यालयहरुमा गणित र विज्ञानको प्रयोगशाला स्थापना गर्दै जाने उनले बताए । त्यसैगरी विद्यार्थीलाई नैतिकवान र देशभक्त बनाउन छुट्टै व्यवहारिक विषयको व्यवस्था गरिने समेत उनले नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेका छन् ।

    भक्तपुरको नीति तथा कार्यक्रमले ‘एक विद्यालय एक सम्पदा सरसफाई’ को नीति लिई शिक्षालाई सम्पदा संरक्षणसंग जोड्ने नीति लिएको छ भने उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धान संग जोड्ने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

    इतिहास, भुगोल, सस्कृती र राजनीतिशाश्त्र अध्ययन गर्ने विद्यार्थीलाई स्नातक देखि विद्यावारिधि सम्म पूर्ण छात्रवृत्तीको व्यवस्थालाई निरन्तरता दिंदै भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष देखि अर्थशास्त्र, तर्कशास्त्र र दर्शनशास्त्रमा समेत पूर्ण छात्रवृत्ती दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    त्यसैगरी नगरका विद्यालयलाई सिकाइमा प्रतिस्पर्धी बनाउने नीति अवलम्बन गरिएको छ ।अब्बल विद्यालयलाई बिज्ञको सिफारिसमा अनुदान वृद्धि गरिने बताइएको छ । नीति तथा कार्यक्रमका ८८ बुँदामा शिक्षाको लागि सर्वाधिक १४ बुँदा छुट्ट्याएको भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर पहल गरिरहने समेत उल्ल्लेख गरिएको छ ।

    हेर्नुस भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा

    १) लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसदबाट विधेयक पारित गराउन भक्तपुर नगरपालिकाले निरन्तर जोड दिनेछ र विश्वविद्यालय सञ्चालनको लागि विज्ञहरूको टोली गठन गरी प्रकृया अगाडि बढाइने छ ।

    २) भक्तपुर नगरपालिकाद्वारा ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएकोमा विद्यार्थीहरूको माग र आवश्यकताअनुसार हाम्रा कलेजहरूमा स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ कार्यक्रमहरू थपिँदै लगिने छ । कलेजहरूको आयोजनामा विगतका वर्षहरूमा झैँ राष्ट्रिय सम्मेलन आयोजनालाई निरन्तरता दि“दै ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा विविध विषयहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने छ ।

    ३) स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूका लागि समय समयमा विशेष तालिमको व्यवस्था गरिनेछ र विषयवस्तुस“ग सम्बन्धित सन्दर्भ सामाग्रीहरू नियमित रुपमा प्रकाशित गरिने छ । स्थानीय पाठ्यक्रम ख्वपको पहिचानलाई सहयोग पुग्ने गरी भक्तपुरको सामाजिक र संस्कृति झल्किने सांस्कृतिक संग्रहालय निर्माणको लागि प्रक्रिया थालनी गरिनेछ ।

    ४) विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धाको नीति लिइने छ । हाजिरीजवाफ, निबन्ध, साहित्य, चित्रकला प्रतियोगिता तथा समय समयमा शैक्षिक प्रदर्शनीहरूको आयोजना गरी सबै विद्यालयहरूको शैक्षिक गुणस्तर उठाउने गतिविधिलाई चालू राखिने छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बृद्धि गर्न संस्थागत क्षमता, जनशक्ति परिचालन र नतिजामूलक अनुगमनसहित विशेष पहल गरिने छ ।

    ५) उच्च शिक्षा हासिल गर्ने गरिब तथा विपन्न विद्यार्थीहरूका लागि प्रदान गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिदै इतिहास, भूगोल, संस्कृति, राजनीति शास्त्र अध्ययन गर्ने विद्यार्थीहरूलाई दिइ“दै आएको स्नातकदेखि विद्यावारिधिसम्म अध्ययनमा पूर्ण छात्रवृत्ति कार्यक्रमलाई चालू राखिनेछ र आगामी आ.व.देखि अर्थशास्त्र, तर्कशास्त्र, दर्शनशास्त्रको अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

    ६) नगरभित्रका मा.वि.हरूमा विज्ञान र गणित प्रयोगशालाहरू नभएका विद्यालयहरूमा क्रमशः निर्माण गर्दै लगिनेछ । विद्यालयहरूका परीक्षाको नतिजाका आधारमा शिक्षक र विद्यार्थीहरूलाई प्रोत्साहनको नीति लिइनेछ ।

    ७) विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी कम भएका विद्यालयहरूका लागि स्वयम्सेवक शिक्षकहरूको व्यवस्था गरिनेछ । साथै विद्यालयहरूमा नैतिक र व्यवहारिक शिक्षाको लागि छुट्टै अतिरिक्त विषयको अध्यापनको व्यवस्था मिलाइनेछ ।

    ८) कलेजहरूमा अध्ययन अध्यापनको साथै अनुसन्धान क्षेत्रमा पनि जोड दिइनेछ । त्यसको लागि प्रत्येक कलेजमा अनुसन्धान युनिटहरूको लागि आवश्यक बजेटको विनियोजन गरिने छ ।

    ९) ‘एक विद्यालय एक सम्पदा सरसफाई’ नीतिलाई व्यवस्थित र थप प्रभावकारी ढङ्गले अगाडि बढाइनेछ । विद्यालयहरूमा स्काउट र खेलकुद प्रशिक्षणको व्यवस्था क्रमशः गरिदै लगिने छ ।

    १०) जनज्योति पुस्तकालयलाई आधुनिक र सुविधासम्पन्न पुस्तकालयको रुपमा क्रमशः विकास गरिनेछ र वडा वडामा रहेका पुस्तकालय र वाचनालयहरूलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याई युवा विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा जोड दिइनेछ ।

    ११) युवा विद्यार्थीहरूलाई लागूपदार्थ दुव्र्यसनीबाट बचाउन त्यसबारे विज्ञहरुमार्फत प्रबोधीकरण कार्यक्रम अगाडि बढाइनेछ ।

    १२) नगरभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न विज्ञहरूको संयन्त्रबाट अनुगमनको व्यवस्था मिलाइनेछ । विद्यालयहरूलाई दिइँदै आएको अनुदान रकममा विज्ञ टोलीको सिफारिसको आधारमा वृद्धि गर्दै लगिनेछ ।

    १३) विद्यालयहरूमा सञ्चालित ‘बाल विकास’ केन्द्रहरूको गुणस्तर वृद्धिको लागि आवश्यक व्यवस्था गरिनेछ । गृहिणी महिलाहरूका लागि ‘निरन्तर शिक्षा’ सञ्चालन गरिनेछ ।

    १४) अपाड्डता भएका विद्यार्थीहरुका लागि प्रदान गरिँदै आएको विशेष कक्षालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने नीति लिइनेछ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...