शुक्रवार दिउँसो देशभर आंशिक बदली रहने मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
भक्तपुरसहित उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि मौसम बदली हुने बताइएको छ ।
महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावको जोखिम वा क्षतिबाट बच्न सावधान गराएको छ ।
सम्भावित बिपत बाट बच्न पूर्वतयारी गरिएकोले वर्षाको समयमा सावधानी अपनाउन तर नआत्तिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले आग्रह गरेको छ । वर्षामा सडक चिप्लो हुने हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकोले सावधानीपूर्वक सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।