News Portal

  • भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिँसा र अभद्र व्यवहारमा वृद्धि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ असार २०८०
    ३७५ पटक
    भक्तपुर, ९ असार २०८०

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पछिल्ला ६ महिनामा भएका मानव अधिकार उलंघनका १८ विषयमाथि विश्लेषण गरेको छ । १८ अपराधका घटनाको विश्लेषण गर्दा भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिंसा र अभद्र व्यवहारका घटना वृद्धि भएको तथ्यांक प्रस्तुत गरिएको छ ।

    शुक्रवार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । भक्तपुरका लागि इन्सेक प्रतिनिधि रहेका पत्रकार रमेश गिरीले जिल्लामा ६ महिना यता भएका घटनाहरु र अघिल्लो वर्ष सोही अवधीमा भएका घटनाहरुको विश्लेषण प्रस्तुत गरेका हुन् ।

    इन्सेक प्रतिनिधि गिरीले जानकारी गराए अनुसार जबर्जस्ती करणीमा पछिल्लो ६ महिनामा २१ घटना भएका छन् । यो अघिल्लो वर्ष यही समयमा भएको घटना भन्दा ७ बढी हो । त्यस्तै अभद्र व्यवहारमा अघिल्लो वर्ष यसै अवधीमा ३७ घटना दर्ता भएकामा यो वर्ष ५९ घटना दर्ता भएका छन् ।

    त्यसैगरी बाल यौन दुरुपयोगको अवस्था अघिल्लो वर्ष शुन्य अवस्थामा रहेकोमा यो वर्ष ५ घटना भएका तथ्यांकमा भनिएको छ । घरेलु हिँसा पनि ५ बाट बढेर ३२ पुगेको छ ।

    भक्तपुरमा पछिल्लो समय कर्तब्य ज्यान, सवारी ज्यान र ज्यान मार्ने उद्योगका घटनामा भने कमी आएको बताइएको छ । त्यसैगरी मानव बेचबिखन, अपहरण लगायतका घटनाको अवस्था शुन्य रहेको तथ्यांक छ ।

    समीक्षा कार्यक्रममा विश्लेषण गरिएका घटनाको पुष्ट्याई गर्दै जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं डिएसपी बसन्त पाठकले भक्तपुर प्रहरी अपराध नियन्त्रणमा अहोरात्र खटिरहेको समेत बताए । अपराध सानोठुलो नहुने भन्दै उनले साना घटना भनेर छोड्ने हो भने तीनैले ठुला घटना घटाउनसक्ने तर्फ सचेत गराए । कानुन व्यवसायीले अपराधीलाई निरुत्साहित गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा नागरिक समाजका अध्यक्ष रविन्द्र प्रधानले मानव अधिकारको उल्लंघन राज्यपक्षले पनि गर्नु नहुनेमा जोड दिए । उनले नागरिकको मौलिक हक उपभोगको ग्यारेन्टी नगरी मानव अधिकारका कुरा कार्यान्वयन हुन नसक्ने बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष जगत कृष्ण प्रजापतिले फौजदारी मुद्दा बाहेक पनि मानव अधिकारका उल्लंघनका घटना इन्सेकले समेट्नु पर्ने सुझाव दिए । उनले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातको क्षेत्रमा अधिकत्तम मानव अधिकार उल्लंघनका घटना देखिएका दावी गरेका थिए ।

     

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मानव अधिकारको रक्षा र शान्ति सुरक्षा कायम गर्न आफूहरु पूर्ण प्रतिवद्ध रहेको बताए । इन्सेक लगायतका संस्थाले दिने जानकारी र मानव अधिकार संरक्षणसम्बन्धी सुझावको आफ्नो कार्यालयले सदैव स्वागत गर्ने उनको भनाइ छ । भक्तपुर सानो जिल्ला भएकोले यसलाई देशकै नमूनाको रुपमा शान्तिपूर्ण र मानव अधिकारको सवालमा सवल बनाउन सबैको साथ् र सहयोग रहने उनले बिश्वास समेत व्यक्त गरेका छन् ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाले प्रविधिको प्रयोग संगै अपराधको प्रकृती फ़ेरिएकाले सचेत रहनुपर्ने आवश्यकता औल्याए । प्रहरी प्रशासनको सक्रियता र नागरिक सचेतनालाई ब्यापक बनाएर मानव अधिकार उल्लंघनका घटना कम गर्न सकिने उनको भनाइ छ ।

    समीक्षा कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका प्रमुख प्रकाश आचार्य, सशस्त्र प्रहरी २२ नम्बर गण र नेपाली सेनाको इन्द्रबक्स गणका प्रतिनिधिहरु त्यसैगरी मानव अधिकार एलाइन्सका अध्यक्ष पुरुसोत्तम श्रेष्ठ, गैसस भक्तपुरकी उपाध्यक्ष अनिता पाण्डे लगायत दुई दर्जन सरोकारवालाको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...