News Portal

  • भक्तपुरको बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार : शिक्षामा सर्वाधिक, विद्यालय कर्मचारीलाई राहत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असार २०८०
    ४६२ पटक
    budget bhaktapurभक्तपुर, ११ असार २०८०

    भक्तपुर नगरपालिकाले आ.व. २०८०।८१ को लागि रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभामा आइतवार उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन् ।

    विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैया अर्थात् ५५.८० प्रतिशत र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैया अर्थात् ४५.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् ४.१९ प्रतिशत विनियोजन गरिएको छ ।

    बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैया“ विनियोजन गरिएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैया“ विनियोजन गरेको छ । त्यस्तै ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गर्न बजेट व्यवस्था गरिएको छ ।

    नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको छ भने शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन रु. २ करोड रुपैया बजेटमा विनियोजन गरेको छ ।

    नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि उनीहरुले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ ।

    ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैया“, अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैया त्यसैगरी सञ्चालन खर्चका लागि थप ३ करोड रुपैया, भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरेको छ ।

    सम्पदा र संस्कृतिक संरक्षणतर्फ भनपा वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि २ करोड र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रुपैया“ थप विनियोजन गरिएको छ भने वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रुपैया“ थप विनियोजन गरेको छ ।

    भनपा ७ मा साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा नं. २ मा कोसेली घर निर्माणका लागि ५० लाख रुपैया“ विनियोजन गरेको छ भने वडा नं ६ स्थित छुमा गणेश द्यो छे पुनःनिर्माणका लागि ५० लाख थप विनियोजन गरेकोे छ ।

    लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैया, वडा नं. ५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रुपैया थप विनियोजन गरेको छ भने कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख र व्यवस्थित वधशाला निर्माण गर्न रु. १० लाख बजेट राखेको छ ।

    गरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि रु. १ करोड, वडा नं १० मा डिप बोरीङ गर्न २५ लाख, वडा नं १ को सिंहख्वातेमा डिप बोरिङ गर्न रु. २० लाख र वडा नं ९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न रु. २५ लाख बजेट विनियोजन गरेको छ ।

    हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैया, अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट रु. ३ करोड २० लाख र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ । साथै कमलविनायक बहुउद्देश्यीय भवन निर्माण कार्यका लागि ४ करोड, वडा नं ९ तौलाछे वाथिकुथि (लिवि)मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यका लागि २५ लाख विनियोजन गरिएको छ भने वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि ५०÷५० लाख गरी कुल ५ करोड रुपैया विनियोजन गरेको छ ।

    खेलकुदअन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा रु २५ लाख विनियोजन गरेको छ । नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

    विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि रु. २० लाख, देको मिवा इटापाके आवास योजनाका लागि रु. १८ करोड, पार्किङ पूर्वाधार निर्माणमा रु. ५० लाख विनियोजन गरेको छ ।

    सिसिटिभी प्रणाली जडान गर्न २३ लाख, आदर निकेतन भवन निर्माण गर्न थप रु. ५० लाख विनियोजन गरेको छ भने यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था बजेटले गरेको छ ।

    नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८०”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८०” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले छलफलको लागि स्वीकृत गरेको छ ।

    नगरसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

    हेर्नुस् बजेटको पूर्णपाठ

            उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत
    भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को बजेट वक्तव्य

    सभाध्यक्ष महोदय एवं नगर सभासदज्यूहरू,
     भक्तपुर नगरपालिकाको चौधौं नगरसभामा यहाँहरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु ।
     सर्वप्रथम, विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जनआन्दोलनहरुमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महŒवपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
     नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरु पार्टीको सिद्धान्त र विचारलाई आत्मसात गर्दै जनताको सेवामा समर्पणभावले लागिरहेका छौं । नेमकिपाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ का. नारायणमान बिजुक्छें (रोहित) द्वारा लिखित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ हाम्रो मार्गनिर्देशन हो । भक्तपुरलाई आजको अवस्थासम्म पु¥याउन पार्टीका नेता, अग्रज कार्यकर्ता, स्थानीय जनता, पूर्वजनप्रतिनिधिहरुको महŒवपूर्ण योगदानप्रति हामी आभार प्रकट गर्छौ । अग्रजहरुले देखाउनुभएको बाटोमा निःस्वार्थपूर्वक जनताको सेवामा लाग्नु हामी आप्mनो कर्तव्य ठान्छौं ।
     ऐतिहासिक एवम् विश्व सम्पदामा सूचिकृत नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रसहित सफा, सुन्दर, स्वस्थ, शिक्षित, सभ्य र सुसंस्कृत नगर बनाउनुको साथै आन्तरिक एवम् बाह्य पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्यस्थलको रुपमा अघि बढाउने हाम्रो साझा लक्ष्य हो ।
     स्थानीय तहको निर्वाचन २०७९ मा नेमकिपाको तर्फबाट अगाडि सारिएको प्रतिबद्धता पत्रमार्फत जनतालाई दिएको वचन पूरा गर्न शिक्षा, स्वास्थ्य, सम्पदा÷संस्कृति संरक्षण, खानेपानी, सरसफाई, पर्यटन, भौतिक पूर्वाधार निर्माण, पर्ति र सार्वजनिक जग्गा संरक्षण, सामाजिक न्याय तथा सुशासन प्रवद्र्धन, उपलब्ध स्रोत र साधनको अधिकत्तम उपयोग गरी स्थानीय युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउने लगायतका कार्यलाई प्राथमिकताका साथ नगर प्रमुखज्यूले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न यो बजेट केन्द्रित हुनेछ ।

    सभाध्यक्षज्यू,
    अब म चालू आ.व. २०७९।८० को बजेट कार्यान्वयनको संक्षिप्त समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
    १. चालु आ.व. २०७९।८० का लागि कूल २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट निर्माण गरिएको थियो । जसमध्ये नगरपालिकाको आन्तरिक आयतर्फ ४६ करोड ८१ लाख आम्दानी हुने अपेक्षा गरिएकोमा २०८० जेठ मसान्तसम्ममा ३७ करोड ७८ लाख ४ हजार ६ सय १२ रुपैया“ ७५ पैसा यथार्थ आम्दानी भयो जुन अनुमानित आम्दानीको ८०.७१ प्रतिशत हुन आउँछ । सम्पति तथा भूमिकर, घर बहाल कर, पर्यटन सेवा शुल्क, व्यवसाय करलगायतमा चालु आ.व.का लागि अनुमानित गरिएकोमा उल्लेख्य आम्दानी भएको देखिन्छ । २०८० असार मसान्तसम्ममा आन्तरिक आयतर्फ ३९ करोड ९१ लाख आम्दानी हुने संशोधित अनुमान गरिएको छ ।
    २. बाह्य श्रोततर्पm चालु आ.व.को जेठ मसान्तसम्ममा राजश्व बाँडफाटमा ११ करोड ९१ लाख १२ हजार ८४१ रुपैया“ अर्थात ६९.०९ प्रतिशत, संघ सरकारबाट प्राप्त अनुदानमा (वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, सामाजिक सुरक्षा भत्ता, सडक बोर्ड नेपालबाट प्राप्त रकमसमेत) ८३ करोड ८२ लाख ७४ हजार ८९५ रुपैया“ अर्थात ७२.६२ प्रतिशत र प्रदेश सरकारबाट प्राप्त अनुदानमा (वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानबाट प्राप्त रकमसमेत) ८ करोड ९ लाख ३२ हजार रुपैया“ अर्थात १०० प्रतिशत प्राप्त भयो । त्यस्तै अन्य आयमा (स्थानीय साझेदारी कार्यक्रम र ऋणबाट प्राप्त रकमसमेत) २ करोड ६४ लाख ९४ हजार प्राप्त भयो । यस हिसाबले बाह्य श्रोततर्फ चालु आ.व.को जेठ मसान्तसम्ममा कूल १ अर्ब ६ करोड ४८ लाख १४ हजार २५६ रुपैया“ अर्थात् ६४.६२ प्रतिशत आम्दानी भयो भने असार मसान्तसम्ममा १ अर्ब ३७ करोड आम्दानी हुने संशोधित अनुमान गरिएको छ ।
    ३. चालु आ.व. २०७९।८० मा व्ययतर्फ २०८० जेठ मसान्तसम्मको कूल चालु खर्च ९१ करोड ९५ लाख ६५ हजार ९५५ अर्थात ६३.४८ प्रतिशत भयो । असार मसान्तसम्ममा चालु खर्च बढेर १ अर्ब ९ करोड ३९ लाख ८० हजार १३१ रुपैया“ खर्च हुने संशोधित अनुमान गरिएको छ ।
    ४. त्यस्तै पूँजीगत खर्चतर्फ २०८० जेठ मसान्तसम्ममा २७ करोड ६९ लाख ६० हजार रुपैया“ अर्थात् ३७.६४ प्रतिशत यथार्थ खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ५५ करोड १० लाख ८३ हजार रुपैया“ हुने संशोधित अनुमान गरिएको छ ।
    ५. चालु र पूँजीगततर्फको दुवै खर्च जोड्दा असार मसान्तसम्ममा १ अर्ब ६४ करोड ५० लाख ६३ हजार गरी कूल बजेटको ७५.३१ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । पुँजीगततर्फका सम्पदा पुनःनिर्माणस“ग सम्बन्धित धेरैवटा योजनाहरु चालु आ.व. मा शुरु भइसकेको र आगामी आ.व.का लागि क्रमागत योजनामा पर्ने भएकोले यथार्थ खर्च अझै बढ्ने निश्चित छ ।
    सभाध्यक्ष महोदय,
    यस सम्मानित नगरसभामा अब म आगामी आर्थिक वर्ष २०८०।८१ को लागि भक्तपुर नगरपालिकाको आय–व्ययको अनुमानित विवरण पेश गर्ने अनुमति चाहन्छु ।
    अ) आयतर्फ ः
    क) आन्तरिक आयतर्फ ः
    ६. यस नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोतको रुपमा रहेको पर्यटन सेवा शुल्कबाट रु. २७ करोड, जग्गा बिक्रीबाट रु. १० करोड, सम्पति तथा भूमिकरबाट ३ करोड ८५ लाख, घर बहालबाट ३ करोड ७५ लाख सहितको आ.व. २०८०÷८१ को लागि कुल ६० करोड रुपैया“ आन्तरिक आय हुने अनुमान गरिएको छ । आन्तरिक आयको विस्तृत विवरण अनुसुचि–१ मा संलग्न छ ।
    ख) बाह्य आयतर्फ ः
    ७. यस नगरपालिकामा संघीय सरकारबाट रु. ८ करोड ८६ लाख ५१ हजार, बागमती प्रदेश सरकारबाट रु. ३ करोड ४९ लाख ७८ हजार र मालपोत तथा अन्यबाट रु ५ करोड गरी राजश्व बाँडफाँडमा कुल रु. १७ करोड ३६ लाख २९ हजार रुपैया प्राप्त हुने अनुमान छ ।
    ८. वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट रु. २० करोड ३७ लाख र बागमती प्रदेश सरकारबाट रु. २ करोड २४ लाख १७ हजार गरी कुल रु २२ करोड ६१ लाख १७ हजार प्राप्त हुने अनुमान छ ।
    ९. संघीय सरकारबाट विशेष अनुदानतर्फ रु. २ करोड ५० लाख र समपुरक अनुदानतर्फ रु. ५० लाख प्राप्त हुने अनुमान छ । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट समपुरक र विशेष अनुदानमा रकम प्राप्त नभएकोमा हाम्रो विशेष ध्यानाकर्षण भएको छ । वागमती प्रदेश सरकारबाट भक्तपुर नगरपालिकालाई विभेद गरिएको हाम्रो ठम्याइ छ ।
    १०. सशर्त अनुदानतर्फ संघीय सरकारबाट रु. ४० करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु. २ करोड ५५ लाख ९४ हजार प्राप्त हुने अनुमान छ ।
    ११. यससँगै स्थानीय पूर्वाधार साझेदारी, ऋणलगायत विभिन्न शीर्षकबाट २६ करोड रुपैया“ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
    १२. चालु आर्थिक वर्षको अनुमानित बैंक मौज्दात १३ करोड ६२ लाख ५३ हजार ५३३ समेत गरी आगामी आ.व. २०८०।८१ का लागि यस नगरपालिकाको कूल अनुमानित बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैया“को हुनेछ । बजेटको आयतर्फको बाह्य स्रोतको विस्तृत विवरण अनुसुचि— २ मा संलग्न छ ।
    आ) व्ययतर्फ ः
    १३. आगामी आ.व. का लागि चालु खर्चतर्फ १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार रुपैया“ अर्थात् ६०.३६ प्रतिशत र पूँजीगत खर्चतर्फ ८० करोड ४१ लाख रुपैया“ ३५.४५ प्रतिशत विनियोजन गरिएको छ । यसको विस्तृत विवरण अनूसुचिमा संलग्न छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् ४.१९ प्रतिशत विनियोजन गरिएको छ ।
    सभाध्यक्षज्यू,
    आगामी आर्थिक वर्षका महŒवपूर्ण योजना तथा कार्यक्रमहरुबारे सक्षिप्तमा पेश गर्दछु ।
    शिक्षा ः
    १४. भक्तपुरलाई ‘ज्ञानविज्ञानको केन्द्र’ र उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यले शिशुस्याहार तथा बाल विकास केन्द्रहरुदेखि विश्वविद्यालय तहसम्मको सम्पूर्ण पढाइ यसै नगरमा व्यवस्था गर्ने लक्ष्यसहित यस नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइरहेको छ । जनताको अबको उद्देश्य ख्वप विश्वविद्यालय स्थापना हो । यसका लागि आवश्यक तयारी गर्न विज्ञहरुको एक कार्यदल गठनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
    १५. नगरपालिकाद्वारा सञ्चालित ८ वटा शैक्षिक संस्थाहरुमध्ये ख्वप माविमा नयाँ भवन निर्माण कार्य अगाडि बढाइएको छ भने ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैया“ विनियोजन गरिएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैया“ विनियोजन गरिएको छ । त्यस्तै ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गरिएको छ ।
    १६. नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय अनुगमन प्राविधिक समितिको सिफारिससमेतको आधारमा नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्नेगरी सहयोग अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको छ ।
    १७. नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा यस नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरिएको छ ।
    १८. कलेज शिक्षास“गै अध्ययन अनुसन्धानलाई विशेष प्राथमिकता दिने उद्देश्यले अनुसन्धान केन्द्रहरुको व्यवस्थाका लागि बजेट छुट्याइएको छ ।
    १९. देशकै लागि अत्यावश्यक विषयहरु जस्तै इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिँदै आएको स्नातक तहदेखि विद्यावारिधिसम्मको अध्ययनमा दिँदै आएको पूर्ण छात्रवृत्तिलाई निरन्तरता दिँदै यस आ.व. देखि अर्थशास्त्र, तर्कशास्त्र र दर्शनशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने नीतिअनुसार आवश्यक बजेट व्यवस्था गरिएको छ ।
    २०. सभ्य समाज निर्माणका लागि नैतिक र व्यवहारिक शिक्षाको व्यवस्थापन साथै विद्यालयहरुमा स्काउट प्रशिक्षण र खेलकुद प्रशिक्षणलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरुका लागि विशेष शिक्षालाई थप प्रभावकारी बनाउन यस आ.व को बजेटमा व्यवस्था गरिएको छ ।
    २१. नगरवासी विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले यस नगरपालिकाद्वारा वितरण गर्दै आएको शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन रु. २ करोड विनियोजन गरिएको छ ।
    २२. नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुमा कक्षा ५ र ८ को आधारभूत परीक्षा र कक्षा १० कोे एसइई परीक्षाको तयारी परीक्षा नगरस्तरीय रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
    २३. नगरवासी जनताहरुको भावनाबमोजिम विभिन्न शैक्षिक, साँस्कृतिक तथा स्वास्थ्यस“ग सम्बन्धित गतिविधि गर्न शिक्षा, स्वास्थ्य तथा संस्कृति समितिमा ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

    स्वास्थ्य ः
    २४. यस नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउन आगामी आर्थिक वर्षमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैया“ विनियोजन गरिएको छ ।
    २५. अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैयास“गै सञ्चालन खर्चका लागि थप ३ करोड रुपैया“को व्यवस्था गरिएको छ ।
    २६. भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरिएको छ ।
    २७. ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट नगरवासीहरुलाई निःशुल्क तथा अन्यलाई न्यून शुल्कमा अक्सिजन उपलब्ध गराउनुका साथै विभिन्न रोगको उपचार र अपरेशनको लागि नगरवासीहरुलाई आवश्यक रगत निःशुल्क प्रदान गर्ने र क्यान्सर, मृगौला रोग, मुटु, मष्तिष्क र मेरुदण्डसम्बन्धी दीर्घरोग लागेका नगरवासीहरुलाई यस नगरपालिकाको तर्फबाट उपचार सहायता अनुदान प्रदान गर्दै आएकोलाई आगामी वर्ष पनि निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
    २८. ख्वप अस्पताललगायत अन्य विशिष्ट अस्पतालहरुको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर परीक्षण, दमखोकी, दाँत तथा नाक कान घाँटी, आँखालगायतका रोगहरुको निःशुल्क स्वास्थ्य शिविरहरु समुदाय र विद्यालय तहमा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
    २९. घरदैलो नर्सिङ सेवास“गै विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्थाको लागि आवश्यक प्रबन्ध गरिएको छ ।

    सम्पदा र संस्कृतिक संरक्षण ः
    ३०. भक्तपुरको सम्पदा र संस्कृति हाम्रो पहिचान हो । यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्ने हेतुले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
    ३१. भनपा वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि २ करोड र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रुपैया“ थप विनियोजन गरिएको छ । वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रुपैया“ थप विनियोजन गरिएको छ ।
    ३२. भनपा ७ मा साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा नं. २ मा कोसेली घर निर्माणका लागि ५० लाख रुपैया“ विनियोजन गरिएको छ । वडा नं ६ स्थित छुमा गणेश द्योः छे पुनःनिर्माणका लागि ५० लाख थप विनियोजन गरिएको छ ।
    ३३. भनपा वडा नं २ स्थित भक्तपुर क्राफ्ट सेन्टरलाई पुनः सञ्चालनमा ल्याइ हस्तकलाको अभिवृद्धि गरिने छ ।
    ३४. त्यस्तै नगरपालिकाका महत्वपूर्ण सम्पदा क्षेत्रमा विभिन्न कारणले लामो समयदेखि निजी घरहरु जीर्णोद्धार तथा पुनःनिर्माण नगरिँदा सम्पदामाथि क्षति पुग्ने र नगरको मौलिक सौन्दर्यतामा आँच आउन सक्ने हुँदा सम्बन्धित घरधनीले घर नबनाएको अवस्थामा नगरपालिका आफैंले लगानी गरी ती घरहरु बनाउन ४० लाख रुपैया विनियोजन गरिएको छ । पछि सम्बन्धित घरधनीले उक्त घर फिर्ता लिन चाहेमा लागत खर्च व्यहोरेर तथा अन्य आवश्यक प्रकृया पूरा गरी फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ ।
    ३५. नःपुखुको पर्खाल निर्माण, नारमला फल्चा, मंगल तीर्थस्थित छग देग, सिचु फल्चा, मचो भैरव पाटी, सकुलानस्थित पालिफ फल्चा, बेखाल पोखरीको पाटी लगायत दशवटै वडाका सम्पदाहरु जीर्णोद्धार तथा पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
    ३६. विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा मौलिक स्वरुपलाई कायम राख्न परम्परागत शैलीमा घर बनाउने घरधनीहरुलाई दिँदै आएको आर्थिक अनुदानलाई निरन्तरता दिने नीतिअनुरुप आगामी आर्थिक वर्षमा ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

    कृषि ः
    ३७. भक्तपुर कृषकहरुको बाहुल्यता भएको नगर हो । किसानहरुको सूचिकरणस“गै यहाँका कृषकहरुका लागि आधुनिक कृषि खेती तालिम, उन्नत वीऊ विजन र कृषि औजार व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
    ३८. कृषि उत्पादनहरुको भण्डारण एवं बजारीकरणका लागि वडा नं. ८ लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैया, वडा नं. ५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रुपैया थप विनियोजन गरिएको छ । उन्नत बीउ बिजन तथा रैंथाने बाली संरक्षण सहितका लागि कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख विनियोजन गरिएको छ । त्यस्तै आप्mनै प्रयोगशाला र कृषि विद्यालय स्थापना गर्न बजेटको व्यवस्था गरिएको छ ।
    ३९. नगरको उपयुक्त स्थानमा सफा र व्यवस्थित वधशाला निर्माण गर्न रु. १० लाख बजेट राखिएको छ ।
    खानेपानी ः
    ४०. भक्तपुरको भौगोलिक अवस्थितिलाई मध्यनजर गर्दा खानेपानी नगरबासीहरुको अत्यावश्यक विषय हुँदा हुँदै नगरपालिकाको निम्ति अत्यन्तै चुनौतीको रुपमा रहेको छ । यद्यपि नपाले खानेपानी उपलब्ध गराउन सरोकारवाला सरकारी कार्यालय तथा संस्थाहरुसंग निरन्तर समन्वय गर्दै काम गरिरहेको छ ।
    ४१.नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि रु. १ करोड विनियोजन गरिएको छ ।
    ४२. वडा नं १० मा डिप बोरीङ गर्न २५ लाख, वडा नं १ को सिंहख्वातेमा डिप बोरिङ गर्न रु. २० लाख र वडा नं ९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न रु २५ लाख बजेट राखिएको छ ।

    वातावरण सुधार तथा फोहरमैला व्यवस्थापन ः
    ४३. यस नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि आप्mनै जनशक्तिमार्फत अध्ययन अनुसन्धान गरी फोहरबाट प्राङ्गारिक मल उत्पादन र पुनः प्रयोगका उपायहरु अवलम्बन गर्दै आएको छ । यस कार्यलाई थप प्रभावकारी बनाउन आगामी आर्थिक वर्षका लागि पूर्वाधार निर्माणमा रु २ करोड १० लाख विनियोजन गरिएको छ ।
    ४४. हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैया विनियोजन गरिएको छ ।
    ४५. ऐतिहासिक तीर्थस्थल तथा घाटहरु सुधारका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
    भौतिक पूर्वाधार निर्माण ः
    ४६. भनपा वडा नं ६ स्थित देकोचामा अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट रु ३ करोड २० लाख र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाइएको छ ।
    ४७. कमलविनायक बहुउद्धेश्यीय भवन निर्माण कार्यका लागि ४ करोड विनियोजन गरिएको छ । वडा नं ९ तौलाछे वाथिकुथि (लिवि)मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यका लागि २५ लाख विनियोजन गरिएको छ ।
    ४८. यस नगरपालिकाभित्र रहेका सडक कालोपत्रे, सडक पूर्वाधार निर्माणसहित सडक स्तोरन्नत्तिका लागि २ करोड रुपैया विनियोजन गरिएको छ ।
    ४९. सडक बोर्डबाट प्राप्त हुने रकमबाट सबै वडामा पूर्वाधारका योजना संचालन गर्न रु १ करोड २८ लाख विनियोजन गरिएको छ ।
    ५०. प्रत्येक वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तोरन्नत्तिका लागि ५०÷५० लाख गरी कुल ५ करोड रुपैया विनियोजन गरिएको छ ।
    खेलकूद पूर्वाधार ः
    ५१. वडा नं ७ मा रहेको महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा रु २५ लाख विनियोजन गरिएको छ ।
    ५२. नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख विनियोजन गरिएको छ ।
    ५३. अन्तर नगर खेलकुद प्रतियोगिता तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट छुट्याइएको छ ।
    विविध योजना तथा कार्यक्रमहरु ः
    ५४. यस नगरपालिकाभित्र रहेका पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि रु. २० लाख विनियोजन गरिएको छ ।
    ५५. भक्तपुर नगरपालिकाबाट सञ्चालित देको मिवा इटापाके आवास योजनाका लागि रु. १८ करोड विनियोजन गरिएको छ ।
    ५६. यस नगरपालिकाको आफ्नै ख्वप टेलिभिजन स्टुडियो निर्माण तथा सञ्चालनका लागि रु. ७० लाख तथा एफ एम सञ्चालनका लागि ३० लाख गरी कुल १ करोड विनियोजन गरिएको छ ।
    ५७. नगरपालिकाले यसै वर्ष देखि पार्किङ व्यवस्थापन गर्न शुरुवात गरेकोमा यसलाई थप व्यवस्थित गर्न पार्किङ पूर्वाधार निर्माणमा रु. ५० लाख विनियोजन गरिएको छ ।
    ५८. नगरका विभिन्न स्थानमा सिसिटिभी जडान गर्दै आएकोमा दत्तात्रय–च्यामासिंह–भानेसम्म र जगाती–कमलविनायक–लान्चा फल्चासम्म सिसिटिभी प्रणाली जडान गर्न २३ लाख विनियोजन गरिएको छ । भनपा ६ वडामा ज्येष्ठ नागरिकहरुका लागि आदर निकेतन भवन निर्माण गर्न थप रु. ५० लाख विनियोजन गरिएको छ ।
    ५९. नगरबासी युवाहरुलाई लक्षित गरी यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था गरिएको छ ।
    ६०. नगरपालिकालाई आवश्यक जग्गा खरिदका लागि १ करोड रुपैया“ र जग्गा तथा घरभाडाका लागि ५० लाख रुपैया“ बजेट विनियोजन गरिएको छ ।
    ६१. नगरभित्रका मुख्य मुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्न रु. २५ लाख विनियोजन गरिएको छ । प्राकृतिक विपत्तीहरुबाट हुने क्षति न्यूनीकरण गर्न तथा राहत, उद्दार र पुनःस्थापनाका लागि रु. ५० लाख छुट्याइएको छ ।
    यसप्रकार आगामी आर्थिक वर्ष २०८०।८१ का लागि कुल विनियोजित बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रहने अनुमान गरिएको छ । विनियोजित योजना तथा कार्यक्रमहरुको विस्तृत विवरण अनुसुचिमा संलग्न छ ।
    आगामी आ.व. का लागि यस नगरपालिकाको वडागत योजनाहरुको विवरण अनुसुचिमा संलग्न छ ।
    सभाध्यक्षज्यू,
     श्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धीहरु हासिल गर्न र नगरबासीहरुलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन आवश्यक छ । अतः म यसै बजेट बक्तव्यमार्फत भक्तपुर नगरपालिकाका समस्त करदाताहरुमा समयमै तोकिएको कर रकम तिरी विकास तथा सेवा सुविधाको हकदार बन्न हार्दिक अपिल गर्दछु ।
     नगरपालिकाको सीमित श्रोत साधनको अधिकतम उपयोग गरी बजेट तयार गर्दा नगरवासीहरुका सवै चाहना र आवश्यकताहरु एकैचोटी सम्वोधन गर्न सकिने अवस्था रहँदैन । प्राथमिकता र आवश्यकताका आधारमा श्रोत साधनको उपलब्धता र सुनिश्चततालाई मध्यनजर गरी यो बजेट तथा कार्यक्रम तयार गरिएको हो ।
     बजेट तर्जुमा स“गस“गै यसको सफल कार्यान्वयन अर्को महŒवपुर्ण पाटो हो । योजना तथा कार्यक्रमहरु समयमै प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेमा मात्र बजेटले अपेक्षा गरेको उपलब्धी हासिल हुने भएकोले यस बजेटको समयमा नै प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध सबैमा म हार्दिक अनुरोध गर्दछु ।
     प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रकृयामा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, आम सञ्चार जगत, नगरबासी दाजुभाई तथा दिदी वहिनीहरु, प्रमुख प्रशासकीय अधिकृतज्यूलगायत समग्र कर्मचारी मित्रहरुलाई धन्यवाद व्यक्त गर्दछु । भक्तपुरको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, बागमती प्रदेश सरकार, सरोकारवाला सहयोगी संघ संस्था एवं नगरवासीहरुमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।

    धन्यबाद !

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...