News Portal

  • रोजगार मेला गर्ने मध्यपुर थिमि जिल्लाकै पहिलो पालिका, सानोठिमीमा शनिवार दिनभर मेला हुने

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, १३ असार २०८०
    ५०६ पटक
    madhyapur melaमध्यपुर थिमि, १३ असार २०८०

    मध्यपुर थिमि नगरपालिका वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गर्ने भक्तपुर जिल्लाकै पहिलो पालिका भएको छ । मध्यपुर थिमि नगरपालिकाले विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने गरी असार १६ गते शनिवार मेला आयोजना गर्ने भएको हो ।

    बुधवार पत्रकार सम्मेलन मार्फत नगर प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थी र युवा वर्गलाई टार्गेट गरी मेला आयोजना गर्न लागिएको बताए । उक्त मेला सानोठिमीस्थित आदर्श माविको प्रांगणमा शनिवार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ ।

    उक्त अवसरमा एकै थलोमा विद्यार्थी र वृत्ति बिकासका विज्ञहरुबीच मन्थन हुने र विद्यार्थीहरुले प्राप्त गर्ने सही सुझाव, सल्लाह र अवसरले वृत्ति बिकासमा सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बिश्वास व्यक्त गरे । मेलामा विभिन्न व्यवसाय, उद्योग र कम्पनीहरुले नगर भित्रका धेरै युवालाई उनीहरुको योग्यता अनुसार रोजगारी दिने समेत उनले जानकारी गराएका छन् । ”प्याव्सन भक्तपुरले मात्र ४० जना भन्दा बढीलाई रोजगार दिने ग्यारेन्टी गरिसकेको छ ।” उनले भने ।

    नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखी नगरपालिकाले कामहरु गरिरहेको जिकिर गर्दै वृत्ति मार्गनिर्देशन र रोजगार मेला त्यसैको एक कडी भएको बताए । मेला विद्यार्थी र बेरोजगार युवाका लागि मात्र नभई सन्तानको उज्जवल भविश्य चाहने सबै अभिभावकलाई समेत उपयोगी हुने उनको भनाइ छ ।

    मेलामा रोजगारी प्रदान गरिनुका साथै साथै वृत्ति परामर्श सेवा, विभिन्न तालिम प्रदायक संस्थाको सिपमूलक, व्यवसायिक र स्वरोजगारमूलक तालिमबारे जानकारी र अवसर दिईने मेला व्यवस्थापन समितिका संयोजक एवं नगर प्रवक्ता कृष्ण हरि आचार्यले जानकारी गराए ।

    रोजगारको खोजीमा रहेका युवा, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी एवं गैह्र सरकारी निकायहरुसंग गराउने मुख्य उद्धेश्यका साथ मध्यपुर थिमि नगरपालिकाले “वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला” आयोजना गर्न लागेको आयोजकको भनाइ छ । मेलालाई ईन्स्योर परियोजना र हेल्भाटासले प्राविधिक सहयोग गरी सघाएका छन् भने ३७ स्टलबाट मेलामा आएकाहरुलाई  सेवा प्रवाह गर्ने तयारी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...