News Portal

  • सूर्यविनायकमा शुक्रवारदेखि ३ दिने घरेलु, कृषि तथा पर्यटन मेला : १० हजारले अवलोकन गर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ असार २०८०
    ५७३ पटक
    basudev thapaभक्तपुर, १४ असार २०८०

    सूर्यविनायकमा शुक्रवारदेखि ३ दिनसम्म घरेलु, कृषि तथा पर्यटन मेला शुरु हुदैछ । मेलास्थलको रुपमा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ आदर्शस्थित अरनिको हाइवेसंगै जोडिएको हरित कृषि बजारमा आवश्यक व्यवस्था मिलाइएको छ ।

    सूर्यविनायक नगरपालिकाको आयोजना एवं घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रवर्द्धनमा शुक्रवारबाट शुरु मेला ३ दिन सम्म चल्ने बताइएको छ ।

    मेलाको आयोजक सूर्यविनायक नगरपालिकाले बिहीवार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव थापाले दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य प्राप्तिको लागि मेला आयोजना गरिएको बताए । मेलाले नगरभित्र रहेका घरेलु, कृषी र पर्यटन उद्योग एवं व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरेका छन् ।

    नगर प्रमुख थापाले बजार र उपभोक्तालाई जोड्न मेलाले सहयोग गर्ने जिकिर गरे । मेला नाफामुखी नभई नगरपालिकाका उद्योगी व्यवसायी र उपभोक्ता दुवै पक्षलाई उत्तिकै लाभ पुर्याउने उदेश्यले आयोजना गरिएको उनको दावी छ । मेलामा आर्थिक विषय मात्र नभएर घरेलु, कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल, विचारविमर्श र सरोकारवालासँग अन्तक्र्रिया समेत आयोजना गरिने उनको भनाइ छ ।

    नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले मेलाबाट समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि गर्न समेत यसले कडीको रुपमा काम गर्ने उनले बताइन ।

    नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले मेलामा ९० वटा स्टलहरु रहने जानकारी गराए । मेलामा घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गरिने उनले बताए । स्थानीय मौलिक उत्पादनहरु ( जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित मेलामा ९० वटा स्टलहरु रहने उनले जानकारी गराएका छन् ।

    शुक्रवार देखि ३ दिनसम्म सञ्चालन हुने मेलामा १० हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको प्रवक्ता सापकोटाले बताए । उक्त अवसरमा मेला आयोजना हुने वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले आफ्नो वडामा मेला भर्न आउनेहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए । उक्त अवसरमा बिभिन्न वडाका वडाध्यक्षलगायत जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी त्यस्तै घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिका पदाधिकारी समेत सहभागी रहेका थिए ।

    यस्तो प्रकारको मेला सूर्यविनायक नगरपालिकाको लागि पहिलो अनुभव भएकोले मेलामा जोडिन र सवै क्षेत्रबाट नगरपालिकाको यो प्रयासलाई साथ् दिन आयोजकले आम जनसमुदायलाई अपिल समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...