News Portal

  • पत्रकार महासंघ भक्तपुरका सल्लाहकार भुजुलाई पितृशोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १५ असार २०८०
    ४३६ पटक
    भक्तपुर, १५ असार २०८०

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सल्लाहकार एवम् पुर्व अध्यक्ष अमर भुजुलाई पितृ शोक परेको छ । भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा शुक्रबार  दिउँसो उपचारका क्रममा निधन भएको हो ।

    उनी विगत लामो समयदेखि फोक्सो सम्बन्धी रोगले ग्रसित रहेका थिए । शुक्रबार बिहान कटुन्जेस्थित घरमा अचानक लडेर घाईते भएपछि उपचारका लागि ख्वप अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले जानकारी दिए ।

    दिवङ्गत भुजुका २ छोरा र १ छोरी छन् ।

    भुजुको निधनमा पत्रकार महासंघ भक्तपुरले शोक विज्ञप्ति जारी गरेको छ । 

    प्रतिकृया दिनुहोस्

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...