News Portal

  • भक्तपुरका कृषी खेती, विषादी बेच्ने पसल र कृषी बजारको एकसाथ अनुगमन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असार २०८०
    ५४५ पटक
    भक्तपुर, १६ असार २०८०

    भक्तपुरका खेतवारीमा विषादीको प्रयोगबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक बिहान बिताएका छन् । उनको नेतृत्वमा विज्ञसहितको टोलीले शनिवार बिहान केही कृषी खेती, विषादी बेच्ने पसल र कृषी बजारको स्थलगत अनुगमन गरेको हो ।

    अविरल परेको पानीको पर्वाह नगरी शनिवार अनुगमनमा निस्केको टोली सूर्यविनायक १० स्थित ठुला कृषी फर्महरुमा पुगेको थियो । त्यहाँका किसान र मजदुर संग अन्तरक्रिया समेत गर्दै उक्त टोलीले तरकारीमा प्रयोग गरिने विषादीको अवस्थाबारे जानकारी लिएको थियो ।

    कृषी फार्मका संचालकलाई विषादीको प्रयोगबारे पहिले नै अभिमुखीकरण गरिएकोले व्यवहारमा लागू गरे/नगरेको बुझ्न खेतावारीमै पुगेको प्रजिअ रिजालले प्रष्ट पारे । उनले विषादीको दुरुपयोग बारे संचालकहरु सचेत पाइएको बताए । बिक्री प्रयोजनले उत्पादन गर्ने कृषी फार्महरुलाई ग्राहकको स्वास्थ्यप्रति उत्तरदायी बनाउन अनुगमनलाई तीब्र बनाइएको उनले बताए ।

    उत्पादनको शुरु प्रक्रिया देखि नै विषादी प्रयोग गरिएका रेकर्ड पुस्तिका नै बनाएर राख्न निर्देशन दिंदै प्रजिअ रिजालले विषादीको बोतल वा प्याकेटमा दिइएको संकेत र निर्देशन अनुसार प्रयोग गर्न र प्रयोग गरेपछि फल टिप्न पर्खनुपर्ने समयको बारेमा फार्ममा काम गर्ने मजदुर समेत जानकार हुनुपर्नेमा जोड दिए ।

    फार्महरु अनुगमन पछि प्रजिअ रिजाल नेतृत्वको टोलीले जगातीस्थित विषादी बेच्ने पसलहरुको पनि अनुगमन गरेको छ । पसलमा विषादी जथाभावी खुला नराख्न उनले निर्देशन दिए । त्यस्तै विषादी किन्ने किसान वा फारमको रेकर्ड राख्नुपर्ने र बढी विषादी खपत गर्नेको विवरण जिप्रकामा जानकारी गराउन समेत उनले आग्रह गरे । प्रजिअ रिजालले बिषादी प्रयोग गर्ने तरिका, यसको असर र प्रभावबारे किसानलाई स्पष्ट पार्ने दायित्व बिक्रेताको भएको समेत बताए ।

    उक्त टोलीले आदर्श स्थित हरित कृषी थोक बजारको समेत अनुगमन गर्दै विषादीको प्रयोग बारे थाह भए नभएको बारे बिक्रेता तथा उपभोक्ता संग अन्तरक्रिया गरेको थियो ।

    प्रजिअ रिजाल नेतृत्वको टोलीमा सहायक प्रजिअ डोरेन्द्र निरौला, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार, कृषी अधिकृत नमिन्द्र सुवाल, पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे लगायत सहभागी रहेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...