News Portal

  • भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १८ असार २०८०
    १६५५ पटक
    भक्तपुर, १८ असार २०८०

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक  पैदलयात्रीको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको ज्यान गएको हो ।

    गत असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले चाँगुनारायण नगरपालिका वडा न. ७ खरिपाटी हेल्मेटडाँडामा घिमिरेलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा सोमबार साँझ न्युरो अस्पताल काठमाडौंमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

    उक्त मोटरसाइकल चाँगुनारायण नगरपालिका-५ का २० वर्षीय राजन थापाले चलाएका थिए । मोटरसाइकल चालक थापालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...