News Portal

  • देशलाई बिकाशको ‘बागमती मोडल’ दिने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको दावी

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २३ असार २०८०
    ५२२ पटक
    भक्तपुर, २३ असार २०८०

    बागमती प्रदेश सरकारले बिकास बजेटमा नयाँ प्रयोग गरिरहेको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् । बागमती प्रदेश सरकारले देशलाई बिकाशको ‘बागमती मोडल’ दिने दावी गर्दै उनले सोकुरा बताएका हुन् ।

    शनिवार आफ्नो गृह जिल्ला भक्तपुरका पत्रकारसंग अन्तरक्रिया गर्दै उनले बागमती प्रदेशको कृषिमा बिकासका लागि खास क्षेत्र खास उत्पादनमा जोड दिईएको जानकारी दिए । यस अन्तर्गत प्रदेशको ग्रामीण क्षेत्रमा रहेका १ सय स्थानीय तहका १ सय वडामा कृषी पकेट क्षेत्र बिकाशका लागि अनुदान दिने कार्यक्रम अघि सारिएको उनको भनाइ छ । ‘कागज मिलाएर अनुदान लिने र वास्तविक किसानले अनुदान नपाउने समस्या यसले हल गर्छ ।’ उनले भने । वडामा सबै किसानले एउटै बाली लगाउने र सबैले अनुदान पाउने ग्यारेन्टी हुने भन्दै मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले यसबाट उत्पादन बढ्ने बिश्वास व्यक्त गरे ।

    किसानलाई मलको अभावबाट मुक्त गर्न र प्राङ्गारिक मलको प्रयोग बढाउँन एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना गर्ने प्रदेश सरकारको कार्यक्रमले क्रमस केही वर्ष भित्रै प्रदेशका सबै निर्वाचन क्षेत्रमा मल कारखाना हुने उनको भनाइ छ ।

    त्यस्तै युवा लक्षित कार्यक्रम अन्तर्गत बेरोजगार युवा र गृहिणी महिलालाई आत्मनिर्भर बनाउन आय आर्जनका लागि बजेट बिनियोजन गरिएको उनले जनाएका छन् । उनीहरुको समूह बनाएर शीप, बिउँपूजी, तालिम, परामर्श प्रदान गरिने तथा उनीहरुको रुची र क्षमता अनुसारको पेशा वा व्यवसाय शुरु गर्न प्रेरित गरी आय आर्जनसंग जोड्ने उनले जिकिर गरे ।

    स्वास्थ्यमा प्रदेश सरकार मातहत रहेका १३ वटै अस्पतालमा शहिद परिवार तथा जनयुद्ध र जनआन्दोलनका घाइतेहरु, विपन्न परिवार तथा बिपत एवं सडक दुर्घटनाका परेका घाइतेहरु, जेष्ठ नागरिक त्यसैगरी क र ख वर्गको अपाङ्गता भएका व्यक्ति र बन्य जन्तुको आक्रमणमा परेका व्यक्तिलाई उपचारमा कुनैपनि शुल्क नलाग्ने व्यवस्था मिलाएर सामाजिक उत्तरदायित्व पूरा गर्न बजेट बिनियोजन गरिएको उनले बताए । एक विद्यालय एक नर्स कार्यक्रम सफल भैसकेको दावी गर्दै उनले यसलाई प्रदेशको सबै विद्यालयमा बिस्तार गरिएको बताए ।

    शिक्षामा ब्यापक सुधारको नीति लिइएको र यसका लागि कार्यदल नै बनाइएको उनले बताए । त्यस्तै प्रदेशमा आफ्नै विश्वविद्यालय खोल्ने उनले खुलासा गरे । बागमती प्रदेश सरकारले स्थापना गर्ने विश्वविद्यालय कृषी, प्रविधि र प्राविधिक विषयमा मात्र केन्द्रीत रहने उनको भनाइ छ ।

    उद्योगको विविधिकरण गरिने र प्रदेशभित्र उद्योग खोल्न चाहने उद्योगीलाई खानेपानी, ढल,बाटो र बिजुली उपलब्धताको लागि सरकारले सहजीकरण गर्ने उनले बताए । त्यस्तै नयाँ उद्यमसीलता प्रवर्द्धन अन्तर्गत कृषी प्रशोधन उद्योग खोल्न चाहने उद्योगीसंग लागत साझेदारी गर्ने कार्यक्रम पनि प्रदेश सरकारले अघि सारेको उनले बताएका छन् ।

    DP with journalist

    DP with journalist

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...