News Portal

  • चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु

    केतिक्षा बस्नेत चाँगुनारायण, ३१ असार २०८०
    ६३० पटक
    changunarayan avocadoचाँगुनारायण, ३१ असार २०८०

    भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो ।

    अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर २ वटा बिरुवा समेत नि:शुल्क प्रदान गर्ने लक्ष लिएको अभियानका संयोजक नरेश खड्काले जनाएका छन् । ‘यस अभियानलाई ३ वर्ष सम्म संचालन गरी चाँगुनारायण सिटीलाई एवोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ ।’ संयोजक खड्काले भने ।

    यस अभियानका परिकल्पनाकार भने बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं बौद्धिक नेता डिपी ढकाल रहेका छन् । अर्थशास्त्रका ज्ञाता समेत रहेका ढकालले चाँगुनारायणका स्थानीयको आय आर्जन बढाउँन यस्तो योजना अघि सारेपछि यसलाई अभियानकै रुपमा संचालन गर्न लागिएको अभियन्ताहरु बताउछन । अर्थ राजनीतिका पुस्तक समेत लेखेका नेता ढकाल अभियानको मुख्य संरक्षक र उत्प्रेरक रहेका छन् ।

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अभियानका मुख्य संरक्षक ढकालले आफू चाँगुनारायणबासी पनि भएको भन्दै अभियान जनस्तरमा सबै स्थानीयको सहभागिता र पहुँचमा संचालन हुने विश्वास व्यक्त गरेका छन् । प्रकृती र पूर्खाको इतिहासले आफ्नो पहिचान बनाएको चाँगुनारायणलाई आफ्नो पुस्ताले एभोकाडो सिटी बनाएर नयाँ पहिचान जोड्न खोजेको उनले जिकिर गरे । यस अभियानले चाँगुनारायणका प्रत्येक घर परिवारमा कम्तिमा वार्षिक पचास हजार अतिरिक्त आय थपिने दावी गर्दै उनले चाँगुनारायणको सौन्दर्यकरण र वातावरण संरक्षणमा समेत यसले मद्दत पुर्याउने बताए ।

    कार्यक्रममा चाँगुनारायण क्षेत्रबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले आफूले सोच्दै आएको कुरा कार्यान्वयन गरी ढकालले अभियानकै रुपमा संचालन गरेको बताउदै अभियानमा आफ्नो पूर्ण साथ् र सहयोग रहने प्रतिवद्धता प्रकट गरे । त्यसैगरी प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले जनस्तरमा संचालन भएको यो अभियानको सफलताको शुभकामना व्यक्त गर्दै आर्थिक सामाजिक सास्कृतीक रुपान्तरणका लागि जनताले चलाउने अभियानले देश बिकासमा टेवा पुग्ने बिचार व्यक्त गरिन ।

    कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, जिल्ला संयोजक सुनिल बासु , राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुंगेल र उपाध्यक्ष नरेश रंजित त्यसैगरी अभियन्ता एवं युवा नेता नेता दिनेश खनाल, वाइसीयलका केन्द्रीय सचिव एवं युवा नेता डिपी थपलिया, पूर्व प्रशासक दिलिप रायमाझी, पूर्व प्रहरी अधिकारी गिरी, स्थानीय जनप्रतिनिधि तथा नेप्सेम्याकका अभियन्ता लगायतको आतिथ्यता रहेको थियो । घोषणा सभाको औपचारिक संचालन चण्डिका लामिछानेले गरेकी थिइन् । कार्यक्रमका अतिथिहरुले चाँगुनारायण नगरपालिकाको तपा दम्फो स्थित सभाहल परिसरमा एभोकाडोको बिरुवा रोपेका थिए भने सहभागी २ सय बढी स्थानीयलाई एभोकाडोका बिरुवा निशुल्क प्रदान गरिएको अभियन्ता बिनोद लामिछानेले बताए ।

    के हो एभोकाडो
    नेपालमा सोखले रोपिने एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले रोपिने क्रम बढ्न थालेको छ ।

    प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने भएकोले बजार नपाउने समस्या छैन । एभोकाडोको एउटा बोटले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजार सम्म आम्दानी हुने बताइन्छ ।

    एभोकाडोको बोट मद्यम उचाइको हुने र सदाबहार हरियो रहने हुँदा यसले घर र शहरको सौन्दर्य बढाउँन, स्वच्छ वायु प्रवाह गर्न र वातावरण जोगाउन समेत मद्दत गर्दछ । भिडियोका लागि यो लिङ्कमा जानुहोस् https://fb.watch/lPSB_kk4ff/?mibextid=Nif5oz

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...