News Portal

  • खरिद नभएको सामानको बिल भुक्तानी आरोपमा सिडिओसहित १० माथि अख्तियारको मुद्दा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ साउन २०८०
    ३९९ पटक
    भक्तपुर, ७ साउन २०८०

    खारिदै नभएको विद्युतीय सामानको फर्जी बिल भुक्तान गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

    ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहँदा खतिवडाले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको आयोगले ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै आइतवारदेखि नै उनी स्वतः निलम्बनमा परेका छन् ।

    सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा खतिवडासहितले नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गावाट निशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी खरिद गरेको भनी फर्जी बिल बनाई बनाउन लगाई खरिद योजनामा मिलोमतो गरेर भ्रष्टाचार गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । नमामी सप्लायर्स लहानको नाममा फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भुक्तान गरी भ्रष्टाचार गरिएको प्रवक्ता दाहालले जनाएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० मा आर्थिक वर्ष ०७५/७६ मा विद्युतीकरणका लागि आवश्यक विद्युतीय सामग्री खरिद गर्दा भ्रष्टाचार भएको उनको भनाइ छ ।

    आयोगले दायर गरेको मुद्दामा सिडिओ खतिवडासँगै नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण नगरपालिका १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल, तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकी छन् ।

    यस्तै, नेपाल विद्युत् प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई, नमामी सप्लायर्सका प्रोपाइटर सञ्जीवकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला र कोषाध्यक्ष गोठीमाया मगर माथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...