News Portal

  • अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको बैठकमा सहभागी हुन युएई पुगे मन्त्री शक्तिबहादुर बस्नेत

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ साउन २०८०
    ४७४ पटक
    भक्तपुर, ८ साउन २०८०

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत संयुक्त अरव इमिरेट्सको अबुधावी पुगेका छन् । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन नेपाली टोलीको प्रतिनिधित्व गर्दै उनी अबुधावी पुगेका हुन् ।

    टोली ३ सदस्यीय रहेको मन्त्रीका स्वकीय सचिव देव बोहराले बताए । बुधबारसम्म बैठक चल्ने र मन्त्री बस्नेतले नेपालमा सौर्य ऊर्जा प्रविधि बिकास र ऊर्जा पहुँच वृद्धिका योजना प्रस्तुत गर्ने बताइएको छ । नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    बैठकमा आई.एस.ए. का सदस्य राष्ट्रहरु, एसिया-प्रशान्त क्षेत्रका देशहरू मध्ये सम्भाव्य सदस्य राष्ट्रहरु, साझेदार संगठनहरु लगायतको सहभागिता छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...