News Portal

  • चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान अन्तर्गत मंगलवार बिहान ताथलीमा विरुवा वितरण हुने

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, ८ साउन २०८०
    ९७८ पटक
    भक्तपुर, ८ साउन २०८०

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ अन्तर्गत एक घर दुई विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम प्रभावकारी ढंगले अघि बढिरहेको छ । अभियान शुरु भएको एक सातामै अभियानले उल्लेखनीय प्रगती गरेको हो ।

    यसैबीच चाँगुनारायण नगरपालिकाको वडा नम्बर ९ मा मंगलवार बिहान एभोकाड़ोको विरुवा वितरण कार्यक्रम तय गरिएको अभियानका संयोजक नरेश खड्काले जनाएका छन् । मंगलवार बिहान ७ बजे ताथली खर्कपूलमा निशुल्क बिरुवा वितरण गरिने उनले बताए । संयोजक खड्काले जनाए अनुसार एक सातामै तपादम्फु र नारायणटारमा गरी १ हजार १ सय बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ भने मंगलवार ताथलीमा करिब ७ सय विरुवा वितरण गरिने कार्यक्रम रहेको छ ।

    यसै साता बिहीवार दुवाकोट र शनिवार सुडालमा समेत बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम रहेको बताइएको छ ।

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ का मूख्य परिकल्पनाकार एवं संरक्षक बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल हुन् । अभियानमा प्रदेश सांसदहरु सुरेश श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ पहिलो दिनबाटै जोडिएका छन् भने अर्का सांसद देवेन्द्र श्रेष्ठ नारायणटारको कार्यक्रमबाट अभियानमा जोडिएका छन् ।

    यस अभियानमा अभियन्ता दिनेश खनाल, सुन्दर खनाल, चण्डिका लामिछाने, बिनोद लामिछाने लगायतको सक्रिय सहभागिता रहेको छ । शनिवार चाँगुनारायण माविमा सम्पन्न अभियानको पहिलो बैठकले सचिवालय बनाएर अघि बढ्ने र अभियानलाई अझ ससक्त र प्रभावकारी बनाएर लैजाने निर्णय लिएको अभियन्ता दिपेश लामिछानेले जानकारी दिएका छन् । सो बैठकले अभियानको प्रचार संयोजकको जिम्मेवारी भने नेपाल पत्रकार महासंघ भक्तपुरका सचिवसमेत रहेका पत्रकार संजीप घिमिरे ‘शुभचिन्तक’लाई दिएको बताइएको छ ।

    के हो एभोकाडो
    नेपालमा सोखले रोपिने एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले रोपिने क्रम बढ्न थालेको छ ।

    प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने भएकोले बजार नपाउने समस्या छैन । एभोकाडोको एउटा बोटले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजार सम्म आम्दानी हुने बताइन्छ ।

    एभोकाडोको बोट मद्यम उचाइको हुने र सदाबहार हरियो रहने हुँदा यसले घर र शहरको सौन्दर्य बढाउँन, स्वच्छ वायु प्रवाह गर्न र वातावरण जोगाउन समेत मद्दत गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...