News Portal

  • चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानमा व्यापक जनसहभागिता, झरीले रोक्न सकेन उत्साह

    सुबिना केसी भक्तपुर, ९ साउन २०८०
    १२७५ पटक
    भक्तपुर, ९ साउन २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ मा जनसहभागिता बढ्दै गएको छ । अभियानमा अभियन्ता संगै स्थानीयको सहभागिता समेत बढ्दै गएको हो ।

    मंगलवार बिहान चाँगुनारायणको वडा नम्बर ९ ताथलीमा आयोजित एभोकाडो बितरण गर्ने र रोप्ने कार्यक्रमा अभियन्ता र स्थानीयको व्यापक उत्साह देखियो । अविरल परेको झरीले पनि उनीहरूको उत्साहलाई रोक्न सकेन । छाताले समेत छेक्न नसकेको पानीको पर्वाह नगरी भिजेरै भएपनि अभियन्ता र स्थानीय एभोकाडो बितरण र रोप्ने काममा सक्रिय देखिए ।

    ताथलीबासी समेत रहेका अभियन्ता रामलाल नेम्हफुकी, हरेराम खड्का, राम खड्का, सहदेव थापा, श्रीकण्ठ खड्का, मदन ढुङ्गाना, दिलकुमार बाला, जगन्नाथ खत्री, सुशान्त खत्री र ईश्वर केसी लगायतको समन्वयमा बिरुवा बितरण कार्यलाई ताथलीमा ब्यवस्थित बनाइएको अभियानका संयोजक नरेश खड्काले जानकारी गराए । संयोजक खड्काले जनाए अनुसार ताथलीमा २ सय ६० घरपरिवारमा ५ सय २० वटा एभोकाडोको बिरुवा वितरण गरिएको छ । एभोकाडो संगै सबैभन्दा पहिला आउने १ सय जनालाई तेजपत्ताको बिरुवा समेत बाडिएको उनले बताए ।

    अभियानमा एक्यवद्धता प्रकट गर्न ताथलीबासी समेत रहेका चागुनारायणका निवर्तमान नगरपालिका प्रमुख सोमप्रसाद मिश्र उपस्थित रहेका थिए । उनलाई अभियानका संयोजक नरेश खड्काले एभोकाडोको बिरुवा हस्तान्तरण गरेका छन् । निवर्तमान नगरप्रमुख मिश्रले यो अभियानमा आफ्नो साथ र सहयोग रहने बताए । “चागुनारायणलाई स्वच्छ, सुन्दर र समृद्ध बनाउन चागुनारायण सिटी, एभोकाडो सिटी अभियान महत्वपूर्ण सावित हुनेछ ।” उनले बिश्वास ब्यक्त गरे । अभियानको परिकल्पना गर्ने र शुरु गर्ने सबैप्रती उनले आभार प्रकट गर्दै निरन्तरताको लागि शुभकामना समेत दिएका छन् ।

    उक्त अवसरमा बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठले ताथलीको खर्कपूल चोकमा एभोकाडोको बिरुवा रोप्दै शुरु गरिएको अभियान प्रत्येक घरमा एभोकाडो फलेपछि मात्र सम्पन्न हुने बिश्वास ब्यक्त गरिन । अभियानका परिकल्पनाकार मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्थराजनीतिका बिज्ञ डिपी ढकालको समृद्ध चाँगुनारायणको सपना पूरा गर्न अभियान सफल हुने दावी गर्दै उनले भनिन् ” अभियान शुरु भएको २ सातामै देखीएको उत्साह र जनसहभागिताले अभियानले नयाँ उचाई पाएको छ ।”

    उक्त अवसरमा स्थानीय जनप्रतिनिधिका साथै अभियन्ताहरु सुनिल बासु, दिनेश खनाल, चण्डिका लामिछाने, बिनोद लामिछाने, अन्जना पोखरेल, रामकुमार तामाङ, रामभक्त खत्री, सुमन दाहाल, मदन श्रेष्ठ लगायतको सहभागिता रहेको अभियन्ता दिपेश लामिछानेले जानकारी दिए ।

    के हो एभोकाडो
    नेपालमा सोखले रोपिने एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले रोपिने क्रम बढ्न थालेको छ ।

    प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने भएकोले बजार नपाउने समस्या छैन । एभोकाडोको एउटा बोटले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजार सम्म आम्दानी हुने बताइन्छ ।

    एभोकाडोको बोट मद्यम उचाइको हुने र सदाबहार हरियो रहने हुँदा यसले घर र शहरको सौन्दर्य बढाउँन, स्वच्छ वायु प्रवाह गर्न र वातावरण जोगाउन समेत मद्दत गर्दछ । चाँगुनारायणलाई एभोकाडोको शहर बनाउने परिकल्पनाकार भने अर्थराजनीतिका बिद्वान समेत रहेका चाँगुनारायणका नेता एवं बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...