News Portal

  • सय किलो सुन तस्करी प्रकरण : मलहोत्राको फोटो छापिँदा ओलीको आपत्ति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० साउन २०८०
    ४१६ पटक
    भक्तपुर, १० साउन २०८०

    गत बिहीबार सय किलो सुन तस्करी प्रकरणबारे समाचारमा न केपी ओलीको नाम थियो न तस्वीर । थियो त केवल व्यवसायी दीपक मलहोत्राको तस्वीर र समाचार । तर, सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा ‘नयाँ पत्रिका’माथि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली खनिए । पत्रिकाले मलहोत्रासंग जोडेर आफ्नो तस्वीर राखेको भन्दै उनले आक्रोश पोखेका छन् । त्यतिमात्र होइन, नयाँ पत्रिका सतारुढ़ माओवादी पार्टीको पत्रिका भएको समेत उनको आरोप छ ।

    उनको आक्रोश र आरोपले विषयबस्तु प्रति एमाले अध्यक्ष ओलीको बुझाइ कति सतही रहेछ भन्ने पर्दाफास समेत भएको छ । आफूले बुझेर भन्दा अरुले बुझाएको कुरामा ओली आश्वस्त हुने गरेको तथ्य यसले उजागर गरेको छ । पत्रिकालाई लिएर हचुवाको भरमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिबारे एमालेका अधिकांश पदाधिकारी नै आश्चर्यचकित भएका छन् । ओलीलाई उनका नजिककाले गलत सूचना दिएकाले पत्रिकामाथि आरोप लगाएको हुनसक्ने उनीहरुले पत्रकार संग स्पष्टिकरण दिने गरेका छन् । ओलीले ‘आफूलाई कसैले पत्रिकाले त्यसरी फोटो प्रकाशन गरेको जानकारी गराएको सूचनाका आधारमा बोलेको’ पदाधिकारीलाई जवाफ दिएका बताइएको छ  ।

    बुधवार उनको आक्रोश र आरोपप्रति सम्पादकीय नै लेखेर नयाँ पत्रिकाले चिन्ता व्यक्त गरेको छ । ”देशको दोस्रो ठूलो राजनीतिक दलका अध्यक्षको अभिव्यक्तिमा विवेक,मर्यादा र सूचनाको अभाव देखेर हामी चिन्तित छौं ।” सम्पादकीयमा भनिएको छ ।

    सय किलो सुन तस्करी प्रकरण दीपक मलहोत्रा अनुसन्धानको दायरामा भएको उल्लेख छ । त्यसमा न ओलीको कुनै तस्बिर छ, न नाम । त्यो समाचारमा ओलीको आक्रोश, आरोप र गाली–गलौजले मलहोत्रासँग उनको अतिरिक्त प्रेम त देखिएला, तर राजनीतिक विवेक र मर्यादा नदेखिने नयाँ पत्रिकाको ठहर छ ।

    ३३ किलो सुन तस्करी प्रकरणबाट मलहोत्रा कसरी र किन जोगिए ? पूर्णपाठ आउन बाँकी नै छ र ओलीको आक्रोशबाट सजिलै बुझ्न सकिने सम्पादकीयमा भनिएको छ ।

    यो देश ओलीको पार्टीमा जस्तो कसैले प्रश्न उठाउन नसक्ने अवस्थामा नरहेको भन्दै सम्पादकीयमा ओलीलाई बिनाम्रतापूर्वक अनुरोध गर्दै भनिएको छ ”तस्करहरूप्रति यत्ति नाङ्गो प्रेम आफ्ना कार्यकर्तालाई कतै दुख्ला भन्ने विवेक प्रयोग गरिदिनोस् ।”

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...