News Portal

  • ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत सुडालमा बाडियो बिरुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ साउन २०८०
    ८७३ पटक
    changuभक्तपुर, १३ साउन २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत पाचौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै पाचौं कार्यक्रम सम्पन्न भएको हो ।

    शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालको मिश्राटारमा एभोकाडोको बिरुवा बितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको स्थानीयसमेत रहेका अभियन्ता बिनोद लामिछानेले बताए । स्थानीयको व्यापक उत्साहका बीच ७ सय बढी बिरुवा वितरण गर्ने र रोप्ने कार्य सम्पन्न भएको उनले जनाएका छन् । अभियानमा उत्साही भएर निर्धारित समयमा बिरुवा लिन आएका सबै स्थानीयले निशुल्क बिरुवा पाएको उनले बताए । बाँकीलाई भने अभियानको अर्को कार्यक्रममा बिरुवा उपलब्ध गराइने बताइएको छ ।

    बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै बागमती प्रदेशको मुख्यमन्त्रीका प्रमुख सल्लाहकार डिपी ढकालले चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिन अभियन्ताहरुले देखाएको सक्रियता र स्थानीयको उत्साहले आफूलाई अभियान सफल हुनेमा बिश्वस्त बनाएको बताए । यो अभियानले चाँगुलाई स्वच्छ, सुन्दर र समृद्ध नगर बनाउने उनको जिकिर छ । चाँगुबासी समेत रहेका ढकाल ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ को परिकल्पनाकार एवं मुख्य संरक्षक हुन् ।

    उक्त कार्यक्रममा अभियन्ताहरुलाई उत्साह प्रदान गर्दै अभियानका परिकल्पनाकार ढकालले अभियान हचुवाको भरमा शुरु नभएको र यसका लागि आफूले लामो समयदेखि अध्ययन गरेर योजना बनाएको बताए । उनले अभियान सबैको साझा भएको भन्दै सबैले आ आफ्नो क्षेत्रबाट अभियानलाई सहयोग गर्ने बिश्वास व्यक्त गरेका थिए ।

    त्यसैगरी बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठले चाँगुनारायणको सौन्दर्य र सम्वृद्धिको लागि अभियानले सहयोग पुर्याउने बिश्वास व्यक्त गरे । अभियानको शुरुवाती उत्साह र उपलब्धी हेर्दा चाँगुनारायण एभोकाडोको शहर हुने दिन टाढा नभएको उनको भनाइ छ ।

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ रचनात्मक अभियान भएको भन्दै चाँगुनारायण ८ का वडाध्यक्ष जनक खत्रीले यस्ता राम्रा अभियानलाई सबैले साथ् दिनुपर्ने बिचार व्यक्त गरे । नगरपालिकाको प्रवक्ता समेत रहेका वडाध्यक्ष खत्रीले चाँगुनारायणको नयाँ पहिचान थप्न थालिएको यस अभियानमा चाँगुनारायण नगरपालिका समेत आवश्यक सहयोगका लागि तत्पर रहेको प्रतिवद्धता प्रकट गरे । त्यस्तै, नेपाली काँग्रेसका स्थानीय नेता तिर्थराज घोरासाइनेले आफ्नो वडा पार्टीको तर्फबाट अभियानप्रति ऐक्यवद्धता प्रकट गर्दै अभियानमा सबै राजनीतिक दलहरुले पनि अपनत्व लिनुपर्ने आवश्यकता औल्याए ।

    उक्त अवसरमा अभियन्ताहरु सुनिल गोठे, दिनेश खनाल, सुन्दर खनाल, चण्डिका लामिछाने, रामकुमार तामाङ, रामभक्त खत्री, सुमन दाहाल, जगन्नाथ खत्री, मदन श्रेष्ठ, दिलकुमार बाला, सरराज उप्रेती, हरिश लामिछाने, दिपेश लामिछाने लगायतको सहभागिता रहेको थियो । अभियानका संयोजक नरेश खड्काले दिएको जानकारी अनुसार हालसम्म चागुनारायणका करिब १ हजार ५ सय घरमा एभोकाडोका बिरुवा रोपिएको छ ।  मंगलवार चाँगुनारायण ४, न्याचोपौवा बसपार्कमा बिहान ७: ३० बजेदेखि एभोकाडोको बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम तय गरिएको उनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...