News Portal

  • भक्तपुरका इन्दिरा र उमा पनि माओवादी केन्द्रमा केन्द्रीय सदस्य

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ साउन २०८०
    ९८९ पटक
    indiraभक्तपुर, १९ साउन २०८०

    नेकपा(माओवादी केन्द्र) ले आफ्नो केन्द्रीय समितिमा २२ जना महिला सदस्य थप गरेको छ । २२ जना सदस्य थप हुँदा भक्तपुरबाट इन्दिरा अधिकारी र उमा कपाली पनि केन्द्रीय समिति सदस्य मनोनित भएका छन् ।

    सूर्यविनायक नगर निवासी इन्दिरा अधिकारी गत निर्वाचनमा प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वार रहेकी थिइन भने हाल उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयमा रही जिम्मेवारी सम्हालिरहेकी छन् । त्यसैगरी भक्तपुर नगरबासी उमा कपाली पहिलो संविधान सभाको सभासद हुन् भने पार्टीको  बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी थिइन् ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्न गरेको प्रस्ताव पारित भएपछि २२ जना महिला सदस्य मनोनीत भएका तथा भक्तपुरबाट अधिकारी र कपाली पनि केन्द्रीय समितिमा परेका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले जानकारी दिए । थप भएका अन्य नयाँ महिला केन्द्रीय सदस्यमा आङदावा शेर्पा, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाई, गिता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकली चलाउने, कुमारी पुन, लिला शर्मा, सपना परियार, सिता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी रहेका छन् ।

    मनोनित केन्द्रीय सदस्यहरु केन्द्रीय समितिको बैठकमा सहभागी भएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...