News Portal

  • भक्तपुरका पोखरी चिनाउन पदयात्रा

    केतिक्षा बस्नेत भक्तपुर, २० साउन २०८०
    ७२८ पटक
    भक्तपुर, २० साउन २०८०

    भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा गरिएको छ । “भक्तपुरका  पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ” भन्ने नाराका साथ शनिबार पदयात्रा गरिएको हो ।

    ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र स्थानीय जनतालाई सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले पदयात्रा गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

    पदयात्रामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीका साथै जनप्रतिनिधि, सस्कृतीप्रेमी एवं सरोकारवाला सहभागी भएका छन् । भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा समापन भएको छ ।

    सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएका छन् । ¥यालीमा हजारौंको संख्यामा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

    भक्तपुर नगरपालिका भरी नाम दर्ता गरेका सानाठूला सबै गरी ४२ पोखरीहरु रहेका छन् । त्यसमध्ये सानो बनाईएका २ पोखरीहरु गरी जम्मा ३४ वटा पोखरीहरु मात्र अस्तित्वमा छन् भने बाँकी ८ वटा पुरिइसकेका छन् । पुरिएका ८ पोखरीहरुमध्ये ३ वटामा हाल विद्यालय सञ्चालनमा छ ।

    नगर बनाउँदा नगरको स्वरुपलाई आर्कषण बढाउनको लागि नगर प्रवेशद्वार भित्र वा बाहिर तथा अन्य क्षेत्रहरुमा पोखरीहरु निर्माण गर्ने परम्परा रहेको विगतका वास्तुकला पनि उल्लेख भएको संस्कृतिविद् ओम धौवडेल बताउँछन् ।’ कुनै कारणबस आगलागी भयो भने त्यसलाई नियन्त्रण गर्न र जलचर प्राणीको प्रयोजनका लागि पहिले देखि नै ठाउँठाउँमा पोखरीको निर्माण गरेको इतिहासमा रहेको धौभडेलले बताएका छन् ।

    पोखरीको महत्वलाई ख्याल गरी संरक्षण र पुनः निर्माणको कार्य गरिएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् । भावी पुस्तासम्म पुग्दा पोखरीको महत्त्व अझै बढ्ने निश्चित भएको भन्दै नगर प्रमुख प्रजापतिले पोखरीलाई जीवन्त बनाइराख्न नगरपालिका प्रतिवद्ध रहेको प्रष्ट पारे । पोखरी संरक्षणमा नगरबासीहरुको साथ र सहयोग पाइरहेको बताउदै उनले नयाँ पुस्तालाई यसको महत्व बुझाउनुपर्ने आवश्यकता औल्याएका छन् । सोहीकारण पनि पदयात्रा गरिएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...