News Portal

  • मूल्यांकन माथिका नेताले गरेर हुँदैन, तलकाले नेता चुन्ने बिधि बसालिन्छ : जनार्दन शर्मा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ साउन २०८०
    ६२९ पटक
    भक्तपुर, २७ साउन २०८०

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी संगठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने उनले खुलासा गरेका हुन् ।

    शनिवार पार्टीको सहायक संगठन वाइसियल नेपालको मथ्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै पार्टीका प्रभावशाली नेता शर्माले भने, ” मूल्यांकन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्यांकन गरेर नेता चुन्ने बिधि बसालिन्छ ।” पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरु बाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम बिकल्प भएको उनको भनाइ छ ।

    कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरु निर्वाचित हुने नेता शर्माले जानकारी गराएका छन् । त्यसपछिका केही निश्चित उम्मेदवार क्रमस बैकल्पिक नेता बन्ने समेत उनले बताएका छन् ।

    तत्कालिन जनयुद्धका कमान्डर समेत रहेका पूर्व मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धीलाई हल्कारुपले हेर्न नहुनेमा जोड दिए । सामन्ती एकात्मक राज्य व्यवस्थाले कविता बाचन गर्दा, कथाका किताब साथमा राख्दा पक्राउ गरी जेलनेलको यातना दिने बिगत स्मरण गर्दै उनले व्यवस्था बदल्न हज्जारौ शहिदले बगाएको रगत भुल्न नहुने स्पष्ट पारे । नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्यावासी दिनुपर्ने उनले दावी गरेका छन् ।

    वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका पार्टीका प्रदेश इन्चार्ज शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको जानकारी गराए । ”अब अबैधानिक बाटो हिड्नुपर्दैन, बैधानिक बाटोबाटै समाजवादमा पुग्न संविधानले दिशानिर्देश गरेको छ ।” उनले भने ।

    कार्यक्रममा पूर्वमन्त्री एवं पार्टीका प्रदेश इन्चार्ज शर्माले आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, बिकास र सम्वृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरेपनि त्यसलाई प्रचार गर्न नसकिएको गुनासो गरे । पार्टी विरोधीहरुले फैलाएका भ्रम र अफवाहहरुको प्रतिरोध गर्न उनले निर्देशन समेत दिएका छन् ।

    कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य डिपी ढकाल त्यसैगरी केन्द्रीय सदस्यद्वय प्रतिमा श्रेष्ठ र इन्दिरा अधिकारी एवं प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ र जिल्ला संयोजक सुनिल बासुले समसामयिक राजनीतिक प्रशिक्षण प्रदान गरेका पार्टीका मध्यपुर थिमि नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठले बताए ।

    शनिवार सम्पन्न वाइसिएलको दोश्रो मध्यपुर थिमि नगर सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा पैतालिस सदस्यीय कार्यसमिति निर्वाचित भएको वाइसिएलको भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले जानकारी गराएका छन् । कार्यक्रममा वाइसिएलका बागमती प्रदेश इन्चार्ज, त्यस्तै केन्द्रीय सचिव दिनेश थपलिया आक्रोश, केन्द्रीय सदस्यहरु गोमा आले, राजु कुटु, बेदप्रसाद खरेल लगायत प्रदेश र जिल्लाका नेताहरु समेतको आतिथ्यता रहेको जिल्ला अध्यक्ष सरराज उप्रेतीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...