 चाँगुनारायण, २७ साउन २०८०
चाँगुनारायण, २७ साउन २०८०‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत चाँगुनारायण नगरपलिकाको वडा नम्बर २ मा विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । शनिवार दुवाकोटस्थित केएमसी चोकमा बाडिएको एभोकाडोको विरुवा २ सय पचास घरमा रोपिएको हो ।
बिरुवा बितरण गर्ने र रोप्ने कार्यक्रममा ब्यापक जनसहभागिता देख्दा आफूहरुलाई उत्साहित बनाएको अभियन्ता दिनेश खनालले बताए । स्थानीयको व्यापक उत्साहका बीच पाँच सय बढी बिरुवा वितरण गर्ने र रोप्ने कार्य सम्पन्न भएको उनको भनाइ छ ।’ शनिवार २ सय पचास घरमा दुई बटाका दरले एभोकाडो रोपिएको छ ।’ अभियन्ता खनालले भने ।
अभियानले तोकेको समयमा उपस्थित भएका सबैले निशुल्क बिरुवा पाएको अर्का अभियन्ता रामकुमार तामाङ्गले जनाएका छन् । वितरणका लागि लगिएका बिरुवा सकिएकाले पछि आएका केही स्थानीयको भने नाम टिपिएको र उनीहरुलाई अर्को कार्यक्रममा प्राथमिकतापूर्वक विरुवा उपलब्ध गराइने अभियन्ता तामाङ्गले जानकारी गराए ।
अभियानका संयोजक नरेश खड्काले दिएको जानकारी अनुसार गत असार ३१ गतेबाट शुरु यस अभियानले उत्कृष्ट अपलाब्धी हासिल गरिरहेको छ । संयोजक खड्काले १ महिना नपुग्दै ३ हजार बढी घरमा छ हजार बढी एभोकाडोको बिरुवा रोपिएको बताए ।
बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै वडा नम्बर २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले अभियानले भ्रभावाकारी रुपले काम गरिरहेको भन्दै प्रसंशा गरे । अभियानले चाँगुनारायणलाई हरियाली, सुन्दर, स्वच्छ र सम्बृद्ध शहर बनाउने बिश्वास व्यक्त गर्दै उनले अभियानका परिकल्पनाकार नेता डिपी ढकाल र अभियन्ताहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा बागमती प्रदेश सभाकी सांसद भुवनकेशरी श्रेष्ठ भावनाले अभियानमा चाँगुनारायणका स्थानीय र जनप्रतिनिधिको अपनत्वले यसलाई अझ उचाइमा पुर्याएको बताइन । बौद्धिक नेता डिपी ढकालको परिकल्पनामा सबै एकजुट भएर लाग्नु सुखद पक्ष भएको उनको भनाइ छ ।
उक्त अवसरमा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अभियानका परिकल्पनाकार डिपी ढकालले चाँगुनारायणलाई एभोकाडोको शहर बनाउने उदेश्यले संचालित यो अभियान कुनै सरकारी अभियान नभएको प्रष्ट पारे । अभियान संघ, प्रदेश वा स्थानीय सरकारले संचालन नगरेको जानकारी गराउदै उनले स्वतस्फूर्त रुपले अभियन्ताहरु अभियानमा जोडिएका र सहयोग गरिरहेका बताए । सामुहिक एकता भए काम गर्न सम्भव हुने कुरा अभियानको क्रियाशीलताले पुष्टि गरेको प्रति अभियानका संरक्षक समेत रहेका परिकल्पनाक्र डिपी ढकालले सन्तोष व्यक्त गरेका छन् ।
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत शनिवार दुवाकोटमा सम्पन्न कार्यक्रममा अभियन्ताहरु सुनिल गोठे, दिनेश खनाल, नवराज काफ्ले, रामभक्त खत्री, सरराज उप्रेती, हरिश लामिछाने, दिपेश लामिछाने लगायतको सहभागिता रहेको अभियन्ता बिनोद लामिछानेले बताए ।
 
 