News Portal

  • आँखा पाक्ने रोगको संक्रमण बढेपछि मध्यपुर थिमिका विद्यालय बन्द

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, २८ साउन २०८०
    ७९६ पटक
    मध्यपुर थिमि, २८ साउन २०८०

    आँखा पाक्ने रोगको संक्रमण बाट बालबालिकालाई बचाउन मध्यपुर थिमि नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने रोगको संक्रमण दर बढेको र यसबाट विद्यार्थीहरु बढी प्रभावित भएको पाइएपछि नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाको निर्णय अनुसार आइतवार र सोमबार दुई दिनका लागि विद्यालय बन्द हुने शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जनाएका छन् । शिक्षा शाखाका प्रमुख भट्टले सूचना जारी गरी विद्यालय बन्द रहने जानकारी गराएका हुन् भने सूचनामा भीडमा नजान, संक्रमित व्यक्तिको सम्पर्कबाट बच्न, संक्रमितको सामान प्रयोग नगर्न र सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ ।

    नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले नीजि तथा संस्थागत विद्यालयका प्रतिनिधि र चिकित्सकहरु सहितको छलफलमा दुई दिनको लागि विद्यालय बन्द गर्ने प्रस्ताव आएपछि निर्णय गरिएको बताए ।

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पहिलो चरणमा संक्रमणको चेन ब्रेक गर्नपर्ने भएकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराए । दुई दिनपछिको अवस्था हेरेर विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने निर्णय गरिने उनले प्रष्ट पारेका छन् ।

    मध्यपुरमा विद्यार्थी मात्र नभई शिक्षक पनि आँखा पाक्ने रोगले प्रभावित भएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा आउने आँखाका बिरामीहरुमा ५० प्रतिशत भन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेको डा. सदिक्षा श्रेष्ठले जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...