News Portal

  • बनेको एक महिनामै बिग्रियो ताथलीको सडक, माओवादी केन्द्रले गरायो सिडिओको ध्यानाकर्षण

    सुबिना केसी भक्तपुर, ३१ साउन २०८०
    ७९७ पटक
    भक्तपुर, ३१ साउन २०८०

    भक्तपुरको च्याम्हासिंह-ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै स्थानीय आक्रोशित भएका हुन् ।

    च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि माथिल्लो छाप सडक खण्डका ठाउँ–ठाउँमा गरिएको कालोपत्र बिग्रन थालेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा पर्ने यो सडकखण्ड अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा समेत व्याख्या गर्ने गरिन्छ । तर, निर्माणको एक महिनामै सडक बिग्रन थालेपछि चिन्ता लागेको स्थानीय जगन्नाथ खत्रीले जनाएका छन् । स्थानीय हरेराम खड्काले सडक निर्माण सम्पन्न भएको एक महिनामै २२ ठाउँमा भत्किएर खाल्डाखुल्डी भएको जानकारी गराएका छन् । स्थानीय दिलकुमार बालाले सडक बनाउने नाममा सरकारी बजेटको स्वाहा पार्ने मात्र काम भएको बताए ।

    चिरा–चिरा पर्दै कालोपत्र उप्कन थालेकाले स्थानीय चिन्तित छन् । कमसल सामग्रीको प्रयोग र लापर्बाहीका कारण यस्तो भएको उनीहरुको बुझाइ छ ।

    स्थानीयको चिन्तालाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)को स्थानीय कमिटीले औपचारिक रुपले सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर समितिले यसबारे जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालयलाई ध्यानाकर्षण पत्र नै पेश गरेको अध्यक्ष नरेश खड्काले जनाएका छन् ।

    नगर इन्चार्ज रामभक्त खत्रीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेको टोलीमा अध्यक्ष खड्का,उपाध्यक्ष सुमन दाहाल र बिनोद लामिछाने त्यसैगरी कोषाध्यक्ष जगन्नाथ खत्री र वाइसिएल इन्चार्ज दिपेश लामिछाने लगायत सहभागी रहेका नेता रामकुमार तामाङले जनाएका छन् । उक्त पत्रमा चाँगुनारायण- पौवा- साखु सडकको दुरावस्थाबारे समेत ध्यानाकर्षण गरिएको बताइएको छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दुबै सडक अनुगमन गर्ने र कमजोरी देखिए आवश्यक कानुनी कारवाही अघि बढाउने आश्वासन दिएका एक सहभागीले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...