News Portal

  • चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानमा विद्यार्थीको ऐक्यवद्धता, भक्तपुर क्याम्पसमा एभोकाडो

    आकाश गजुरेल भक्तपुर, ३ भदौ २०८०
    ११५९ पटक
    भक्तपुर, ३ भदौ २०८०

    भक्तपुरको चाँगुनारायण नगरलाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियानप्रति विद्यार्थीहरुले ऐक्यवद्धता प्रकट गरेका छन् । अखिल (क्रान्तिकारी) को अगुवाइमा आइतवार भक्तपुर क्याम्पस परिसरमा एभोकाडोका विरुवा रोप्दै विद्यार्थीहरुले अभियानप्रति ऐक्यवद्धता प्रकट गरेका हुन् ।

    उक्त अवसरमा अभियानका परिकल्पनाकार एवं बौद्धिक नेता डिपी ढकालले विद्यार्थीहरुले समाज र राष्ट्र लाई नयाँ कुरा दिनसक्नुपर्नेमा जोड दिएका छन् । एभोकाडोले परम्परागत रुपमा रहँदै आएका फलफूलको तुलनाम बढी उत्पादन र आम्दानी दिने भएकाले यसलाई रोप्ने र संरक्षण गर्न सचेत विद्यार्थी वर्गले समाजलाई प्रेरित गर्नुपर्ने उनले प्रष्ट पारे । ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान पर्यावरणलाई स्वच्छ र सुन्दर बनाउन तथा स्थानीयको स्वास्थ्य र आयश्रोत अभिवृद्धि गर्न शुरु गरिएको सामाजिक अभियान भएकोले यो विद्यार्थी वर्गको पनि अभियान भएको उनको भनाइ छ ।

    उक्त अवसरमा अभियानका परिकल्पनाकार एवं मुख्य संरक्षक समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सलाहकार डिपी ढकालको प्रमुख आतिथ्यतामा क्याम्पस परिसरमा एभोकाडोको विरुवा रोपिएको स्वतन्त्र विद्यार्थी युनियनका ससचिव मासबहादुर लामाले जनाएका छन् । भक्तपुर क्याम्पसमा रोपिएको एभोकाडो विरुवाले यसको महत्वमाथि प्रकाश पार्ने र यहाँ अध्ययनरत छ हजार विद्यार्थीले यसको उपयोगिताबारे बुझ्न र बुझाउन सक्ने उनले विश्वास व्यक्त गरे ।

    उक्त अवसरमा सहायक क्याम्पस प्रमुख लक्ष्मी सुन्दर लवजु, प्राध्यापक रामप्रसाद भुर्तेल, सभापति पुकार पराजुली र अखिल (क्रान्तिकारी)का इकाई अध्यक्ष अन्जित तामाङ्ग लगायतले एभोकाडो अभियानको सफलताको कामना गरेका थिए । कार्यक्रममा अभियन्ताहरु सुनिल बासु, श्रीराम खाइजु, संजीप शुभचिन्तक लगायतको समेत सहभागिता रहेको थियो ।   

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...