News Portal

  • संसदमा पहिलोपटक सुनिए सांसद थापा, राज्यका तीनै अंग बिरामी भएकोप्रति चिन्ता व्यक्त

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ७ भदौ २०८०
    ९२९ पटक
    भक्तपुर, ७ भदौ २०८०

    प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् ।

    बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर सांसद थापाले राज्यका तीनै अंग बिरामी रहेको प्रति चिन्ता व्यक्त गरे । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिरामी परेको उनको भनाइ छ । उनी बिरामी रहेको खबर सभामुखले संसदलाई जानकारी गराएको प्रशङ्ग उल्लेख गर्दै सांसद थापाले प्रश्न गरे, ”सरकार, संसद र न्यायालय बिरामी भएको कोमार्फत जानकारी हुन्छ ? म ध्यानाकर्षण गराउन चाहन्छु ।” भ्रष्टाचार र तस्करी बिरुद्ध आक्रामक शुरुवात गरेको सरकार सुस्त हुँदा, संसद अवरुद्ध हुँदा र अदालतले कार्यपालिका र व्यवस्थापिका माथि हस्तक्षेप बढाउँदा राज्यका तीनै अंग जनताको नजरमा बिरामी बनेका उनको प्रष्टीकरण रहेको छ ।

    त्यस्तै उनले भक्तपुरको सानोठिमी स्थित युसेप नेपाल नामक संस्थाले संचालन गरेको बाल सुधार गृहमा गत ३ गते भएको बालकको मृत्यु र तत्पश्चातको तोडफोड लगायतमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने तथा मृतक परिवारलाई क्षतीपूर्ती दिनुपर्ने पनि माग गरेका छन् । १ मिनेटको शुन्य समयमा उनले २ विषय उठान गरेका हुन् ।

    के हो शुन्य समय
    संसद्को नियमित कार्यसूचि रहेका बेला सांसदले आफ्नो निर्वाचन क्षेत्रका आपतकालीन र महत्वपूर्ण विषयवस्तु सभामुखमार्फत ध्यानाकर्षण गराउनका लागि एक मिनेटको समय छुट्टाइएको हुन्छ । त्यसैलाई शुन्य समय भन्ने गरिन्छ । शून्य समय लिएर बोल्ने  संसदीय अभ्यास बेलायतबाट सुरु भएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...