News Portal

  • प्रचण्डको नेतृत्वमा सरकारले महत्वपूर्ण काम गरिरहेको छ : उपप्रधान एवं रक्षामन्त्री खड्का

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ भदौ २०८०
    ४८७ पटक
    भक्तपुर, ८ भदौ २०८०

    उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले देशको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण काम गरिरहेको जिकिर गरेका छन् । अर्थतन्त्रमा परेको बिश्वब्यापी नकारात्मक प्रभावले देशमा रहेको ऋणात्मक अर्थतन्त्रलाई सुधार गर्न सरकारले महत्वपूर्ण काम गरिरहेको उनले जिकिर गरेका हुन् ।

    चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालयको प्रशासनिक भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उनले भने,” देशको आर्थिक अवस्था कमजोर हुँदा सरकारले सोचेजसरी बिकासको काम गर्न सकेको छैन, सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको नेतृत्वमा सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ ।” अर्थतन्त्रलाई बलियो बनाएर सरकारले बिकास बजेटको परिपूर्ती गरी जनभावना अनुरुप देशलाई सम्वृद्धि तर्फ लैजाने उनले बताएका छन् ।

    भ्रस्टाचार अन्त्य गर्न, देशमा सुशासन स्थापना गर्न,मिटरब्याज लगायत जनताको पिडामा मलहम लगाउन र जनताको आवश्यकतालाई सम्बोधन गर्न सरकार सफल भएको दावी गर्दै उपप्रधान एवं रक्षा मन्त्री खड्काले सरकारको यो कदममा प्रदेश र स्थानीय सरकारले समेत उसैगरी साथ् दिनुपर्ने आवश्यकता औल्याएका छन् । देशमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले तीनै तहका सरकार र सबै नेपाली जनता यसप्रति सचेत हुनुपर्ने तथा सामुहिक एकताबाट सामाजिक सद्भाव बिथोल्न खोज्नेहरुलाई परास्त गर्नुपर्ने प्रष्ट पारे ।

    कार्यक्रममा रक्षा मन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले चाँगुनारायणको बिकासमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्दै ५ नम्बर वडा कार्यालय जाने बाटो बिस्तार र निर्माणमा नेपाली सेनाको तर्फबाट अवरोध नहुने आश्वासन समेत दिएका छन् ।

    उक्त अवसरमा भक्तपुर २ का संघीय सांसद दुर्लभ थापाले चाँगुनारायण नगरपालिका आफ्नो निर्वाचन क्षेत्रमा नपर्ने भएतापनि संघीय सांसदको हैसियतले आफू चाँगुनारायण नगरपालिकाको बिकास निर्माण र सम्वृद्धिको लागि सधै लागिरहेको जानकारी गराए । उनले चाँगुनारायणमा बाटोकै समस्या प्रमुख देखिएकाले स्थानीय सरकारले बाटो निर्माणमा ध्यान दिन सुझाव सुझाव समेत दिएका छन् ।

    कार्यक्रममा प्रदेश सांसद सुरेश श्रेष्ठले भवन भब्य भए भए जस्तै त्यहा बाट दिइने सेवा समेत गुरास्तरीय एवं सहज र सुलभ हुनुपर्नेमा जोड दिए ।
    त्यसैगरी नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले वडा नम्बर ५ लाई नमूना वडाको रुपमा बिकास गर्ने आश्वासन दिएका छन् । उनले उपत्यका बिकास प्राधिकरणको सहकार्यमा चाँगुनारायणले बिकासमा फड्को मार्ने बिश्वास व्यक्त गर्दै जनतामा गरेका बिकास र सम्बृद्धिका बाचा पूरा गरेरै छाड्ने प्रतिवद्धता प्रकट गरे । त्यसैगरी उप प्रमुख रमेश बुढाथोकीले उपत्यका बिकास प्राधिकरणले चाँगुनारायण लाई स्मार्ट सिटी बनाउने नाममा बन्धक बनाएको गुनासो गर्दै जग्गा कित्ताकाट हुन नसक्दा स्थानीय आजित बनेका बताए ।

    कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेलले आफू मन्त्री हुँदा चाँगुनारायणमा धेरै बजेट भित्राएको दावी गरे । कार्यक्रममा भक्तपुरका सिडिओ खगेन्द्रप्रसाद रिजाल, उपत्यका बिकास प्राधिकरणकी आयुक्त जानुका ढकाल, जिल्ला आयुक्त लामिछाने लगायतको समेत आतिथ्यता रहेको थियो ।

    वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन वडा सदस्य सरोज केसीको रहेको थियो  ।

    शुक्रवार उद्घाटन गरिएको वडाको प्रशासकीय भवन ३ तले रहेको छ भने त्यसको लागत २ करोड ३७ लाख रहेको नगरपालिकाका प्राविधिक रुपेश गेलालले जानकारी गराएका छन् । त्यसैगरी अर्को २ तले स्वास्थ्य केन्द्र भवनको लागत भने १ करोड छैसठ्ठी लाख रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...