News Portal

  • निर्माण ब्यवसायी संघ भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ भदौ २०८०
    ६३८ पटक
    भक्तपुर, ८ भदौ २०८०

    निर्माण व्यावसायी संघ भक्तपुरको अध्यक्षमा आरोहण बिल्डर्सका संचालक बिजयकुमार देउजा दोहोरिएका छन् । संघको २१ ओैँ साधारण सभा एवं ८ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी दोहोरिन सफल भएका हुन् ।

    भक्तपुर ब्याङ्केटमा जारी ८ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा देउजाको मात्र उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित भएका अधिवेशन प्रतिनिधि एवं निर्माण ब्यवसायी लक्ष्मण दुलालले जानकारी दिए । दोस्रो कार्यकालका लागि दोहोरिएका अध्यक्ष देउजासंगै वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायत पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका उनको भनाइ छ ।

    द्वितीय उपाध्यक्ष र सह कोषाध्यक्षमा भने दुई उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध हुन सकेको छैन । १७ सदस्यीय कार्यसमितिलाई निर्विरोध निर्वाचित गर्ने अन्तिम प्रयास भैरहेको  सदस्य रामहरि फुयालले जनाएका छन् । यसका लागि बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका पूर्वअध्यक्ष कृष्णलाल भडेल लगायतले कसरत गरिरहेका छन् । सहमति हुन नसके मतदानमा जाने निर्वाचन समितिको तयारी रहेको छ । उम्मेदवारी फिर्ताको लागि शनिबार बिहान ८ बजेदेखि ९ बजे सम्मको समय दिइएको निर्वाचन अधिकृत कृष्ण मुरारी खनालले जनाएका छन् ।अधिवेशनमा ३ सय ३ प्रतिनिधि रहेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...