News Portal

  • देशमै पहिलोपटक भक्तपुरको न:पुखुमा वाटर साइकल संचालन, शनिवार गरियो उद्घाटन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ भदौ २०८०
    १९०० पटक
    भक्तपुर, ९ भदौ २०८०

    ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो ।

    शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाले न: पुखु:मा ‘वाटर साइकल’ को संयुक्त उद्घाटन गरेका छन् ।

    वाटर साइकल नेपालका लागि टिएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासंग सहकार्य गरी देशमै पहिलोपटक पानीमा चल्ने साइकल संचालनमा ल्याउन सफल भएको संचालक संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले बताएका छन् । यसले देशमै विदेशको मनोरन्जन र एड्भेन्चर्स प्राप्त गर्न सकिने उनको जिकिर छ । वाटर साइकललाई पहिलोपटक नेपाल भित्राउने अवसर दिएकामा भक्तपुर नगरपालिकालाई उनले धन्यवाद ज्ञापन गरेका छन् । भक्तपुरको न:पुखु पछि सर्लाहीको बागमती नगरपालिकासंगको सहकार्यमा त्यहाँस्थित भरत तालमा यो संचालन गर्ने सहमती भैसकेको उनको भनाइ छ ।

    वाटर साइकललाई न: पुखुमा उद्घाटन गर्दै वडाध्यक्ष श्यामकृष्ण खत्रीले यसले आन्तरिक एवं बाह्र पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने बिश्वास व्यक्त गरे । शाहसिक खेल संग समेत जोडिएको वाटर साइक्लिङ्ग स्वास्थ्यको लागि पनि लाभदायक हुने उनको भनाइ छ । वडाध्यक्ष खत्रीले भक्तपुर नगरपालिकाले देशमै पहिलोपटक वाटर साइकल शुरु गर्न सकेकामा गौरवान्वित भएको बताएका छन् ।

    उद्घाटन कार्यक्रमका विशेष अतिथि सुनकोशी गाउँपालिकाका प्रमुख तपेन्द्र तिमिल्सिनाले पर्यटनलाई जनजीविकासंग जोड्न पर्नेमा जोड दिंदै भक्तपुर नगरपालिकाले वाटर साइकल संचालन गरी पोखरीलाई पर्यटन, रोजगारी र आम्दानीसंग जोड्न सकिने उदाहरण पेश गरेको प्रतिक्रिया दिएका छन् । विदेश पलायन हुने युवा शक्तिलाई देशमै रोक्न यस्ता सृजनात्मक अवसरहरुले सहयोग गर्ने बिचार व्यक्त गर्दै गाउँपालिका अध्यक्ष तिमिल्सिनाले युवा शक्तिलाई बिश्वास गर्नसके देश र समाज सम्बृद्ध हुन सक्ने बताए ।

    उक्त अवसरमा वडा नम्बर १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप शुभचिन्तक, नेपाल पत्रकार महासंघ कुवेत शाखाका पूर्व अध्यक्ष हरिकृष्ण न्यौपाने लगायतले वाटर साइकल नेपालमा नयाँ प्रयोग भएकाले यसको प्रचारप्रसारमा जोड दिएका थिए ।

    संचालक संस्थाका सदस्य सुजन तिमिल्सिनाले जनाए अनुसार न: पुखुमा सेवाका लागि आधा दर्जन वाटर साइकल तयारी अवस्थामा राखिएको छ । एउटा वाटर साइकलमा एक पटकमा २ जना चढ्न मिल्ने र प्रत्येक साइकल चालकले २ सय रुपैया शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको बताइएको छ । दुर्घटना जोखिम हुन नदिन वाटर साइकलबारे जानकार जनशक्ति र रेस्क्यु टिम राखिएको तिमिल्सिनाले बताएका छन् ।

    कहाँ छ न: पुखु:?
    भक्तपुरको दुधपाटीस्थित सिद्धपोखरी हुँदै भक्तपुर नगर तर्फ अघि बढ्दा करिब सय मिटरमै इताछेंमा न: पुखु पर्दछ । भक्तपुरको एक्सप्रेस बसपार्क संगैको प्रवेश गेटसंग जोडिएर न: पुखु शुरु हुन्छ । भक्तपुरको न:पुखु पुग्न जिल्ला सरकारी वकिलको कार्यालय र ज्ञान विजय आधारभूत विद्यालयको लोकेशन म्याप हेरेर पनि आइपुगिन्छ ।

    खेतीकिसानीबाट साँझ घर पस्नुअघि न:पुखुमा आफ्नो र चौपायाको शरीर तथा औजार पखाल्ने स्थानीयको आखाँकै सामुन्ने न:पुखुले पहिचान फेर्दै गएको छ । केही वर्ष अघि सम्म फोहोर र दुर्घन्धित पोखरी यतिबेला देशकै पहिलो वाटर साइकल संचालन गरिने सफा एवं पर्यटकीय गन्तब्यस्थल बन्दै गएकामा स्थानीयले खुशी व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...