News Portal

  • भक्तपुरकी सय वर्षिया जेष्ठ नागरिकलाई घरमै नागरिकता

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, १० भदौ २०८०
    ९३६ पटक
    भक्तपुर, १० भदौ २०८०

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो ।

    आइतवार कार्यालयकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे नागरिकता बोकेर बज्राचार्यको घरमै पुगेकी थिइन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ स्थित बज्राचार्यको घरमै पुगेर उनले नागरिकताको प्रमाणपत्र प्रदान गरिन । बज्राचार्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको भन्दै परिवारले सम्पर्क गरेपछि घरमै पुगेर सेवा प्रदान गरिएको खतिवडाले बताएकी छन् । एक शताब्दी पुगेकी जेष्ठ नागरिकलाई सेवा दिन पाउँदा सन्तुष्टि मिलेको उनको प्रतिक्रिया छ ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जेष्ठता, अपाङ्गता लगायतका विशेष कारणले कार्यालयमा उपस्थित हुन कठिनाइ हुने सेवाग्राहीलाई कार्यालयले घरमै पुगी सेवा प्रवाह गर्दै आएको जानकारी गराएका छन् । यसबाट सेवाग्राही र परिवारजनमा समेत राज्यप्रति सकारात्मक भाव पैदा हुने उनले बिश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...